आदिकवि भानुभक्त क्याम्पस दमौलीमा आगामि आवका लागि नीति तथा बजेट तर्जुमा गोष्ठी 

दमौली : तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम, योजना र बजेट तर्जुमा सम्बन्धी गोष्ठी गरिएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठको अध्यक्षतामा विहीबार क्याम्पसमा आयोजित गोष्ठीमा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
गोष्ठीमा व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले नीति तथा कार्यक्रम तर्जुमा गर्दा स्थानीय आवश्यकता, स्रोत–साधनको यथोचित उपयोग र क्याम्पसको दीर्घकालीन शैक्षिक लक्ष्यलाई ध्यानमा राख्नुपर्नेमा जोड दिए । उनले क्याम्पसको प्रगति स्थानीय विकाससँग प्रत्यक्ष जोडिएको हुनाले नगरपालिकाको तर्फबाट सक्दो सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे ।
त्रिभुवन विश्वविद्यालयका आर्थिक सह–नियन्त्रक पुष्पराज पौडेलले “नीति, कार्यक्रम र बजेट तर्जुमा प्रक्रिया” विषयमा कार्यपत्र प्रस्तुत गर्दै तर्जुमाको संरचना, तयारीका चरण, सरोकारवालाको सहभागिता र समावेश गरिनुपर्ने विषयहरूबारे जानकारी दिए । उनले सहभागितामूलक प्रक्रिया अपनाएर मात्र गुणस्तरीय र कार्यान्वयनयोग्य बजेट निर्माण गर्न सकिने धारणा राखे ।
क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसको आगामी वर्षको प्रारम्भिक नीति, कार्यक्रम तथा योजना प्रस्तुत गरेका थिए । साथै, क्याम्पसका लेखापाल कृष्ण मुरारी पौडेलले आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रस्ताव गोष्ठीमा पेश गरेका थिए ।
गोष्ठीमा आन्तरिक लेखा परीक्षण समितिका संयोजक ठाकुर बहादुर दरै, आदिकवि भानुभक्त माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम ढुंगाना, क्याम्पस आमन्त्रित सदस्य विष्णुभक्त न्यौपाने तथा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष अनुप आलेले प्रस्तुत नीति, कार्यक्रम र बजेटमाथि सुझावहरू राखेका थिए।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष खर सिंह दरै, सदस्यहरू, आन्तरिक लेखा परीक्षण समितिका सदस्य, सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी र सागर पौडेल, आइक्यूएसी प्रमुख विश्वेश्वर तिमल्सेना, आदिकवि माध्यमिक विद्यालयका प्रधानाध्यापक दिलीप पोखरेल, सहायक प्रधानाध्यापक तीर्थराज रानाभाट, विभागीय प्रमुखहरू, प्राध्यापक, कर्मचारी, विद्यार्थी प्रतिनिधि र क्लबका पदाधिकारीहरूले गोष्ठीले क्याम्पसको आगामी वर्षको कार्यदिशा तय गर्न महत्वपूर्ण आधार तयार गरेको बताएका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker