शुक्लागण्डकी महोत्सवको भलिवल प्रतियोगितामा शुक्लागण्डकी-११ विजय
भञ्ज्याङ समाचारदाता/खैरेनी

तनहुँको शुक्लागण्डकी नगरपालिका-६ खैरेनीटारमा जारी शुक्लागण्डकी महोत्सवमा आयोजित वडा स्तरीय भलिबल प्रतियोगितामा शुक्लागण्डकी नगरपालिका-११ विजय भएको छ । शनिबार बिहान भएको फाईनल खेलमा शुक्लागण्डकी नगरपालिका-११ ले वौदिकाली गाउँपालिका-२ लाई ३-१ सेटको अन्तरमा जित हासिल गरेको छ ।
शुक्लागण्डकी नगरपालिका-११ ले २५-१८, २५-२३ र २५-२० मा पहिलो दोस्रो र चौथो सेट हात पारेर विजय भएको थियो । यता वौद्धिकालिले भने तेस्रो सेटमा २५-२२ को अन्तरमा जित निकालेको थियो ।
यसैगरी प्रतियोगितामा शुक्लागण्डकी नगरपालिका-१२ तृतीय भएको छ । प्रतियोगितामा प्रथम द्धितीय र तृतीय हुनेले क्रमश प्रथम ७५ हजार, ४० हजार र २५ हजार साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । महोत्सवमा आयोजित प्रतियोगिताको विजेतालाई समापनको दिन पुरस्कृत गरिने महोत्सवका प्रवक्ता हरिबहादुर थापाले बताए ।










