घरमै खानेपानी आउन थालेपछि स्थानीयवासी खुसी

भञ्ज्याङ समाचारदाता/ऋषिङ

तनहुँको ऋषिङ गाउँपालिका-५ झटारेमा खानेपानी सुविधा पुगेको छ । हालसम्म कुवाको पानी उपभोग गर्दै आएका स्थानीयवासी घरमै खानेपानी आएपछि खुसी भएका छन् । ऋषिङ गाउँपालिका र गण्डकी प्रदेश सरकारको रु ५१ लाखको लागतमा झटारेका २३ घरमा खानेपानी सुविधा पुगेको झटारे खानेपानी उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो । खानेपानी योजनाका लागि स्थानीय सामुदायिक वनले पनि सहयोग गरेको छ ।

“वर्षौदेखि कुवाको पानी उपभोग गर्दै आएका स्थानीयवासीको घरमै धारा जडान गर्न सफल भएका छौ,” उहाँले भन्नुभयो, “पानीको जोहोका लागि गर्नुपर्ने दुःख कष्ट हटेको छ ।” उहाँका अनुसार घरमा खानेपानी सुविधा नहुँदा स्थानीयवासी बिहानै उठेर घन्टाँ हिँडेर खानेपानीको जोहो गर्थे । खानेपानी जोहो गर्न बिहान सबेरै उठेर कुवा जाने स्थानीयवासीलाई घरमै धारा जडान भएपछि सहज भएको उहाँले बताउनुभयो ।

घरघरै खानेपानी सुविधा पुगेपछि स्थानीयवासीको जीवनस्तर पनि फेरिने ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो । “खानेपानीको सुविधालाई अव आयआर्जनको बाटोतर्फ जोड्नुपर्छ, करेसाबारीमा तरकारी खेती पनि गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि धेरै गाउँमा खानेपानीको सुविधा पुगिसकेको र बाँकी रहेका ठाउँमा पनि खानेपानी सुविधा पुर्‍याइने उहाँले बताउनुभयो। “पहिला त पिउनका लागि पानीको अभाव थियो, अब पानीको अभाव छैन, तरकारी खेतीतर्फ लाग्न स्थानीयवासीलाई गाउँपालिकाको तर्फबाट पनि प्रोत्साहन गर्छौ,” उहाँले भन्नुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker