इजरायलमा हमासको आक्रमणबाट कुन देशका कति नागरिक मारिए ?

काठमाडौं । गत शनिबार कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा अहिलेसम्म १३०० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार आक्रमणमा मारिनेमा १०० भन्दा बढी विदेशी छन् ।

२४ देशका नागरिक मारिएको पुष्टि भएको छ। सबभन्दा बढी अमेरिकाका २७ जनाको मृत्यु भएको छ । नेपालका पनि १० जना मारिएका छन् ।

जर्मनी, मेक्सिकोका कयौं नागरिकलाई हमासले बन्ध बनाएको खबर छ भने इटली, पाराग्वे, श्रीलंका र तान्जानियाका केही मानिस हराइरहेका छन् । नेपालका विपिन जोशीलाई हमासले बन्धक बनाएको बताइएको छ ।

कुन देशका कति ?

अमेरिका : २७ जना

थाइल्याण्ड : २४ जना

फ्रान्स : १५ जना

नेपाल : १० जना

अर्जेन्टिना : ७ जना

युक्रेन : ७ जना

रुस : ४ जना

ब्रिटेन : ४ जना

चिली : ४ जना

अष्ट्रिया : ३ जना

बेलारुस : ३ जना

फिलिपिन्स : ३ जना

ब्राजिल : २ जना

पेरु : २ जना

रोमानिया : २ जना

अष्ट्रेलिया, अजरबैजान, कम्बोडिया, आयरल्याण्ड, पोर्चुगल, स्पेन, स्विट्जरल्याड, कोलम्बिया र पाराग्वे : १/१ जना

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker