जिल्ला प्रशासन कार्यालय तनहुँबाट २४० जना तिब्बती शरणार्थीको परिचयपत्र नविकरण

जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षमा २ सय ४० तिब्बती शरणार्थीको परिचयपत्र नविकरण गरेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँबाट तिब्बती शरणार्थी परिचयपत्र लिएकामध्ये असोज मसान्तसम्म २ सय ४० जनाको परिचयपत्र नविकरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार प्रशासन कार्यालयबाट तिब्बती शरणार्थीको परिचयपत्र लिनेको सङ्ख्या ३ सय २० रहेको छ । तिब्बती शरणार्थी वर्षौदेखि शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित तिब्बतीयन क्याम्पमा बसोबास गर्दै आएका छन् । कार्यालयले नयाँ परिचय पत्र भने वितरण नगरेको जनाएको छ । कार्यालयमा चालु आर्थिक वर्षको तीन महिनामा ९८ वटा हातहतियार नविकरण गरिएका छन् । साउनमा ८, भदौमा ६१ र असोजमा २९ हातहतियारको नविकरण भएको प्रशासनले जनाएको छ । त्यस्तै दुई हातहतियारको नामसारी गरिएको छ ।

कार्यालयले साउनमा २ सय ६१, भदौमा ९१ र असोजमा ७ सय ११ गरी १ हजार ६३ वटा वंशजका आधारमा नागरिकता वितरण गरेको छ । साउनमा ९२, भदौमा २ सय ३३ र असोजमा ४ सय ५८ गरी ७ सय ८३ वटा नागरिकताको प्रतिलिपी वितरण गरिएको प्रशासनले जनाएको छ । यस अवधिमा एक जनाले नागरिकता परित्याग गरेका छन् । प्रशासनले तीन महिनामा ४ सय ९५ राहदानी जिल्लाबाट सिफारिस, ८१ दु्रत सेवा सिफारिस र ३ सय ९६ वटा राहदानी वितरण गरेको छ । यसैगरी विपद् पीडितलाई रु १३ लाख २९ हजार राहत वितरण गरिएको छ ।

यस अवधिमा १७ वटा मुद्दा दर्ता भएका छन् भने १३ मुद्दा फछ्र्यौट भएको छ । त्यस्तै ३ सय २१ वटा आदिवासी जनजाति, २९ वटा दलित प्रमाणित, ३ सय ५८ वटा पेन्सन सिफारिस र ८ सय २० अन्य सिफारिस भएको छ । चार वटा संस्था दर्ता भएको कार्यालयमा एक हजार एक सय ८५ वटा संस्था नवीकरण भएको छ । कार्यालयले यस अवधिमा रु २८ लाख २० हजार तीन सय ७० राजश्व सङ्कलन गरेको छ । संस्था दर्ताबाट रु दुई लाख ६४ हजार तीन सय १५, हातहतियार नविकरण र नामसारीबाट रु ४७ हजार चार सय २५, राहदानी दस्तुरबाट रु २३ लाख ७३ हजार, न्यायिक प्रशासनिक दण्ड जरीवानाबाट रु एक लाख २६ हजार नौ सय र अन्य प्रशासनिक सेवा शुल्कबाट रु आठ हजार ७ सय ३० राजश्व सङ्कलन भएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker