अर्चले खेलकुद उत्सवको विजेता टिम

तनहुँको भानु नगरपालिका–१२ स्थित अर्चले युवा क्लवले दसैंको अवसरमा आयोजना गरेको अर्चले खेलकुद उत्सव अन्तर्गत भलिबल प्रतियोगिताका विजेता भानु नगरपालिका–१ भन्सार युवा परिवारका खेलाडीहरु पुरस्कार ग्रहणपछि सामुहिक तस्विरमा । सोमबार सम्पन्न फाइनल खेलमा भानु नगरपालिका–१० राइपालीभञ्ज्याङ युवा क्लवलाई पराजित गर्दै भन्सारले भलिबलको उपाधि जितेको हो ।

उपाधिसँगै भन्सारले नगद रु ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता राइपालीभञ्ज्याङले नगद रु २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लवका अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए । खेलकुद उत्सव अन्तर्गत खुल्ला भलिबल, ३५ वर्षमाथिको पुरुष फुटबल, सुस्त मोटरसाइकल दौड, खुल्ला छेलो प्रतियोगिता, बेलुन फुटाउने प्रतियोगिता, मेच घुमाइ र घैटो फुटाउने प्रतियोगिता आयोजना गरिएको थियो । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker