तनहुँको देवघाटमा अलपत्र ८३ वर्षीय वृद्धको उद्धार

भञ्ज्याङ समाचारदाता/देवघाट

तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र करीब बीस बर्षदेखि बसोबास गर्दै आएका ८३ वर्षीय वृद्ध कृष्ण बहादुर न्यौपानेलाई गाउँपालिकाका अध्यक्षको नेतृत्वका टोलीले उद्धार गरेका छन् । केही दिनदेखि बिरामी भएर एक्लै घरमा बसिरहेका ती वृद्धालाई उद्धार गरी मानव सेवा आश्रममा राखिएको गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले बताए ।

देवघाटको पुरानो झोलुङ्गे पुलमा बसेर आफ्नो दैनिक गुजारा चलाउँदै आएका वृद्ध दोहोरो कुरा गर्न नसक्ने, कान कम सुन्ने र आँखा पनि कम देख्ने अवस्था भएको र उनि बिगत २० दिनदेखि बिरामी भएर काठको सामान्य घरमा एक्लै बस्दै आएका थिए । उद्धारका क्रममा वृद्धको साथबाट मागेर जम्मा गरेको पाँच हजार रुपैयाँ भेटिएको र उक्त रकम मानव सेवा आश्रमलाई नै बुझाइएको छ । वृद्धको कोरोना परीक्षण र स्वास्थ्य उपचार भने देवघाटको धर्मार्थ अस्पतालमा गरिएको थियो । स्वास्थ्यमा क्रमिक सुधार र कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि मानव सेवा आश्रममा लगिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

गाउँपालिकाले निषेधाज्ञाका कारण समस्यामा परेका वृद्धवृद्धाको उद्धार गरी मानव सेवा आश्रममा राख्ने गर्दै आएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा मानव सेवा आश्रमलाई पनि यथाचित बजेट विनियोजन गर्ने तयारी गरेको गाउँपालिकाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker