बस र कार आपसमा ठक्कर खादा ५ जना घाइते, ३ को अवस्था गम्भिर

भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिका-९ बडहरे स्थित डुम्रे-बेशिसहर सडक खण्डमा शनिबार दिउँसो भएको दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।

बेशिसहरबाट डुम्रे तर्फआउदै गरेको प्र.३-१०२४ च ९८३७ नम्बरको कार र बिपरित दिशा तर्फजादै गरेको ग१ख ४३७५ नम्बरको बस उक्त स्थानमा एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा कार चालक ललितमान रुम्बा सहित कारमा सवार ५ जना घइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी गराए ।

प्रहरीका अनुसार दुर्घटनामा परि मकवानपुर हेटौंडा-१४ का ४१ वर्षीय रन्जन राना, ६५ वर्षीय झमक गौतम र ५० वर्षीय मधुकर कार्की गम्भिर घाइते भएका छन् । कारमा सवार वर्ष ३४ का विवेक गौतम र वर्ष ३९ का लतिमान रुम्बा समान्य घाइते भएको प्रनाउ खाँणले जानकारी गराए ।

घाइतेहरुको एलाईभ अस्पताल भरतपुर चितवनमा उपचार भईरहेको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker