राष्ट्रिय भूमि आयोग तनहुँमा २६ हजार २०८ निवेदन दर्ता, १२ जनाले पाए लालपुर्जा

भञ्ज्याङन्यूज

सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको छ । ३० भदौ २०७८ मा सरकारले कांग्रेससम्बद्ध नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरेको थियो ।

त्यसअघि तत्कालीन सरकारले एमाले नेता देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो । सत्ता गठबन्धन फेरिएसँगै नयाँ आयोग गठन गर्ने गरी सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको हो ।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने गरी गठन भएको भूमि आयोगले पछिल्लो समयमा विभिन्न ठाउँमा लालपूर्जा वितरण थालेको थियो । स्थानीय तहहरुबाट भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको आवेदन लिने, त्यसको प्रमाणीकरण गर्ने र नापी नक्सामा पठाउने काम सुरु भएको थियो ।

यस क्रममा तनहुँले दलित सुकुम्वासीका १ हजार १११, भूमिहिन सुकुम्बासीका १ हजार ८७२ र अव्यवस्थि वसोवासीका २३ हजार २२५ वटा गरी २६ हजार २०८ वटा निवेदन दर्ता संकलन भएको आयोगका जिल्ला समिति तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी गराए ।

आयोग तनहुँले विहीबार पत्रकारसम्मेलन गरी हालसम्म आयोगले गरेको कामको प्रगति र्सार्वजनिक गरेको थियो । आयोगका अनुसार आँवुखैरेनीमा ८९३ वटा निवेदन दर्ता भएकोमा नाप नक्शा सम्पन्न गरी १२ जना भूमिहिन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिएको र अन्य निवेदनको आवश्यक प्रक्रिया अगाडि बढिरहेको उनले जानकारी गराए।

यस्तै, ऋषिङ र घिरिङ गाउँपालिकामा निवेदन संकलन भएपनि नाप नक्साको कार्य अगाडि नबढेको बताइएको छ । आयोगले व्यास नगरपालिकामा ७ हजार ४३, भानु नगरपालिकमा ३ हजार ३१७, शुक्लागण्डकी नगरपालिकमा ४ हजार ४०३, भिमाद नगरपालिका १ हजार ८६१, बन्दीपुर गाउँपालिकामा २ हजार ३०, म्याग्दे गाउँपालिकामा १ हजार २६७, ऋषिङ गाउँपालिकामा १ हजार ४३९, घिरिङ गाउँपालिकामा १ हजार ५२० र देवघाट गाउँपालिकामा २ हजार ४३५ वटा निवेदन संकलन गरिएको आयोग तनहुँका विज्ञ सदस्य विष्णुबहादुर खड्काले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker