विद्यार्थीलाई खेलकुद पोशाक वितरण

भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिका-१ का वडा सदस्य विनोद खनालले विद्यार्थीहरुलाई खेलकुद पोशाक उपलब्ध गराएका छन् । सदस्य खनालले महेन्द्र माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाइ खेलकुद पोशाक मंगलबार उपलब्ध गराएका हुन् ।

विद्यालयमा एक कार्यक्रमका बिच १५० जना विद्यार्थीलाई सदस्य खनाल र उनकी धर्मपत्नी इन्दिरा खनालले संयुक्त रूपमा विद्यार्थीलाई खेलकुद पोशाक वितरण गरेका थिए । आफै अध्ययन गरेको विद्यालयका बालबालिकालाई खेल क्षेत्र तर्फ आकर्षित गराउन सहयोग पर्‍याउने र उनिहरुको प्रतिभा प्रस्फुटन गराउन खेलकुद पोशाक उपलब्ध गराएको खनालले बताएका छन् ।

कार्यक्रममा म्याग्दे-१ का वडा अध्यक्ष शिवसरण वाग्लेले जनप्रतिनिधि भएर गरिएको सहयोग प्रसंशनीय रहेको चर्चा गर्दै विद्यार्थीलाई खेलकुद ड्रेसको निःशुल्क सहयोगले अभिभावकलाई समेत आर्थिक बोझ कम हुने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिजयराज खनालको अध्यक्षतामा भएको सहयोग कार्यक्रममा सहयोगी खनाल दम्पत्तीलाई विद्यालयका प्रधानाध्यापक सोमबहादुर थापाले धन्यवाद व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker