स्वास्थ्यका मापदण्ड पालना गरी सबै क्षेत्र खुल्ला गर्न व्यवसायीको माग

भञ्ज्याङ समाचारदाता/दमौली

विकास बजेट कटाएर खोप व्यवस्थापन गर्नुपर्नेमा तनहुँका पालिकाहरुको जोड

गत वर्षको कोरोना कहरका कारण लामो समय लडकाउन हुँदा थल परेका व्यापार व्यवसाय लगायत सम्पूर्ण क्षेत्र विस्तारै लयमा फर्कदै थिए । थल परेका व्यापार व्यवसाय तङ्ग्रिन नपाउँदै पुनः नयाँ भेरियन्ट सहितको दोश्रो लहरको कोरोना संक्रमणको चपेटामा परेका छन् । समुदायस्तरमै भाइरस संक्रमण फैलिएपछि रोकथाम तथा न्यूनिकरणका लागि भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका छन् ।

तनहुँमा पनि कोरोना भाइरस संक्रमण समुदायमा फैलदै गएपछि गत वैशाख २३ गतेबाट जारी गरिएको निषेधाज्ञा लम्ब्याएर असार ७ गतेसम्मलाई कायम गरिएको छ । निषेधाज्ञाका कारण अत्यावश्यक बाहेक सबै क्षेत्र अहिले पूर्णरुपमा बन्द भएका छन् । निषेधाज्ञाले तनहुँका ग्रामीण क्षेत्र भन्दा पनि बजार क्षेत्र बढि प्रभावित हुँदै गएका छन् ।

स्थानीय प्रशासनले असार १ गतेबाट निषेधाज्ञालाई केही खुकुलो बनाउँदै अत्यावश्यक सहित पुस्तक पसल, मोबाइल पसल, वर्कसप र बैंक तथा वित्तीय क्षेत्रलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी निश्चित समय तोकेर खुल्ला गरेको छ । यता फेन्सी, होटल तथा अन्य व्यापार व्यवसायहरु पनि सुरक्षा मापदण्ड पालना गरी नियमित खुल्ला गर्नुपर्ने व्यवसायी एवं तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष इमकुमार मल्ल बताउँछन् ।

‘लामो समय निषेधाज्ञा भएकाले व्यवसायीहरुलाई निकै समस्या परेको छ’, उनले भने, ‘व्यापार व्यवसाय लामो समय बन्द हुँदा बैंकको किस्ता, व्याज तथा घरभाडा दिन समेत समस्या आएको हुँदा स्वास्थ्य सुरक्षा मापदण्डलाई कर्डाईका साथ पालना गरी सबै क्षेत्र खुल्ला गर्दै जानुपर्छ ।’

लामो समय निषेधाज्ञा लम्ब्याउँदा व्यवसायीक क्षेत्र धरासयी बनेको तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले बताए । उनले भने, ‘व्यवसाय बन्द हुँदा बैंकको किस्ता, व्याज, घरभाडा तिर्न मात्र नभई अन्य आर्थिक गवितिविधि समेत ठप्प भएको छ । यो अवस्थालाई लम्ब्याउँदा थप समस्या आइपर्ने हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सबै क्षेत्रलाई विस्तारै चलायमान बनाउँदै लग्नुपर्ने तनहुँका व्यवसायीले माग गरेका छन् ।’ तनहुँमा पछिल्लो समय बजार क्षेत्र भन्दा ग्रामीण क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लाका स्थानीय पालिकाहरुले कोरोना परीक्षणका दायारालाई पनि फराकिलो बनाउँदै लगेका छन् । संक्रमणको दरमा केही कमी भएपनि जोखिम भने कायम रहेको भिमाद नगरपालिकाका नगरप्रमुख मेखबहादुर थापा बताउँछन् ।

‘गाउँगाउँमा खेतीकिसान तथा भिडभाडजन्य गतिविधिमा समेत सहभागि हुनेहुँदा बजार क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा कोरोना संक्रमितिको संख्या बढेको छ’, नगरप्रमुख थापाले भने, ‘सचेतनाको अभावले परीक्षणको दायारामा ल्याउन निकै समस्या झेल्नुपर्‍यो । अहिले विस्तारै संक्रमण दर कम हुँदै गएको र जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको टोली गाउँमा परिचालित भई सचेतनामुलक कार्यक्रम तथा कोरोना परीक्षणको दायारलाई बढाउँदै गएपछि अवस्था सहज बन्दै गएको छ ।’

यस्तै, कोरोना संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि निषेधाज्ञा भन्दा अब अर्को विकल्प खोज्नुपर्ने तनहुँका स्थानीय पालिकाहरुले बताउन थालेका छन् । नयाँ नयाँ भेरियन्टका भाइरस संक्रमणको जोखिम रहिरहने हुँदा त्यसबाट के कसरी मुक्ति पाउन सकिन्छ भन्ने विकल्प खोज्नुपर्ने भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौली बताउँछन् ।

‘हामीले विस्तार गरिने सडक तथा अन्य भौतिक पूर्वाधारहरु जनताका लागि नै हो, जनता नै सुरक्षित रहेनन् भने हामी कस्का लागि विकास निर्माण गर्ने ?’ नगरप्रमुख गौलीले भने, ‘यस आर्थिक वर्षमा विकास निर्माणका बजेट कटौती गरी कोरोना विरुद्धको खोप खरिदमा तीनवटै तहका सरकारले प्राथमिकता दिनुपर्छ ।’

त्यस्तै, स्वास्थ्य कार्यालय तनहुँको पछिल्लो तथ्याङ्क अनुसार तनहुँमा ४ हजार १३८ जनाको पीसीआर र १ हजार ९८० जनाको एन्टिजेन प्रविधिबाट कोरोना परीक्षण गर्दा २ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्यहालसम्म १ हजार ७४७ जना निको भएका छन् भने ७४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी गराए । ९२२ जना सक्रिय संक्रमित मध्ये ७ जनाको एचडियूमा, ३ जनाको आइसियुमा र ४५ जनाको आइसोलेशनमा उपचाररत छन भने अन्य होम आइसोलेशनमा बस्दै आएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker