चिल्ड्रेन नेपालद्वारा म्याग्दे गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान
भञ्ज्याङ समाचारदाता/म्याग्दे

चिल्ड्रेन नेपाल पोखराले तनहुँको म्याग्दे गाउँपालिकामा स्वास्थ्य सामग्री प्रदान गरेको छ । ग्रामीण क्षेत्रमा कोरोनाको महामारी कायमै रहेकाले आमनागरिकलाई सचेत रहन भन्दै सोमबार स्वास्थ्य सामग्री वितरण गरेको हो । चिल्ड्रेन नेपालले गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर १ थान, इन्प|mारेडर थर्ममिटर २ थान, पल्स अक्सिमिटर २ थान प्रदान गरेको चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक एवं संस्थापक अध्यक्ष रामचन्द्र पौडेलले बताए ।
चिल्ड्रेन नेपालले वडा नं. २ का ३ वटा समूह मार्फत ६४ घर परिवारलाई प्रति घरपरिवार सेनिटाइजर १ थान, धोएर पुनः प्रयोग गर्न मिल्ने मास्क घरका सदस्य संख्य अनुसार, डिटोल साबुन २ वटा, डिजिटल थर्ममिटर १ वटा प्रदान गरिएको छ भने समूहका लागि पिपिई सेट ३ थान, ग्लोब्स ३ प्याकेट, सर्जिकल मास्क ३ प्याकेट, ५ सय मि.लि.को सेनिटाइजर ३ थान प्रदान गरेको बताइएको छ । चिल्ड्रेन नेपालको सहयोग प्रति धन्यवाद व्यक्त गर्दै गाउँपालिका अध्यक्ष मायादेवी रानाले आँफूले गाउँपालिकाको हरेक विषयमा ग्रामीण क्षेत्रलाई बढी प्राथमिकता दिएको बताइन।a










