चेपाङ समुदायलाई फलफूलका विरुवा

तनहुँको व्यास नगरपालिका-११ तनहुँसुरको ओडारेका चेपाङ समुदायलाई आँप, लिची र कागातीका विरुवा उपलब्ध गराइएपछि सामुहिक तस्विरमा ।

डिभिजन वन कार्यालय तनहुँले चेपाङ समुदायको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यका साथ लक्षित समुदायलाई निःशुल्क फलफूलका विरुवा उपलब्ध गराएको डिभिजन वन अधिकृत कोमलराज काफ्लेले बताए ।
ओडारेका ३९ घर परिवार चेपाङलाई ४५० आँप, ४५० लिची र ४५० वटा कागती गरी १ हजार ३५० वटा फलफूलका विरुवा वितरण गरिएको सव डिभिजन वन कार्यालय व्यासका प्रमुख नारायण कोइरालले बताए । तस्विर : भञ्ज्याङ










