दुई हजार ४२८ जनामा कोरोना पुष्टि, कोरोनाबाट पाँचको मृत्यु

रासस

थप दुई हजार ४२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ९२ हजार १५२ पुगेको छ ।

थप दश हजार एक जनाको पिसिआर परीक्षण तथा ४४७ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या दुई लाख ९२ हजार १५२ जना पुगेको छ । हाल ८१ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकाका मात्र एक हजार १७४ जना रहेका छन् । काठमाडौँमा ९८७, ललितपुरमा १०६ र भक्तपुरमा ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

हालसम्म दुई लाख ७६ हजार ३४५ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर २५२ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १२ हजार ६९० सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो समय रुपन्देहीमा १२५, मोरङमा ११३, पर्सामा ७९, कैलालीमा ७३, पाल्पामा ४२, कञ्चनपुरमा ३७, सुनसरीमा ३६, बर्दियामा ३१, कास्कीमा ३१, मकवानपुरमा ३०, कपिलवस्तुमा २७, दाङमा २३, चितवनमा २२, काभे्रपलाञ्चोकमा १७, स्याङ्जामा १४, नुवाकोटमा १२ तथा गुल्मीमा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोरोनाबाट पाँचको मृत्यु

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो समय पाँच जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ११७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker