देवघाटको ऐतिहासिक घण्टाचुली क्षेत्रको विकासका लागि पर्यटन विकास योजना अगाडि बढाइयो

भञ्ज्याङ न्यूज

तनहुँको देवघाट गाउँपालिकाको वडा नम्बर २ मा रहेको ऐतिहासिक घण्टाचुलीलाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने आवश्यक पूर्वाधार तयारीका लागि पर्यटन विकास योजना अगाडि बढाइएको छ । घण्टाचुली क्षेत्रलाई पर्यटकीय गतिविधिबाट प्रवर्द्धन गर्ने उद्देश्यले योजनाहरु अगाडि बढाउने गरी सम्झौता गरिएको छ ।

देवघाट गाउँपालिकाको पर्यटकीय सम्भावना बोकेका क्षेत्रको प्रवर्द्धनका लागि मृत सन्जिवनि-शिवशक्ति र इको कम्पनी हेटौंडाले संयुक्त सम्झौता गरिएको छ। सम्झौतापत्र आदानप्रदान गर्दै ऐतिहासिक घण्टाचुली बिकास पर्यटन क्षेत्रको निर्माण कार्यलाई सहयोग र सहज गर्न देवघाट गाउँपालिका तयार रहेको बताउदै गुणस्तरीय रुपमा समयमै भवनको निर्माण सम्पन्न गर्न देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले आग्रह गरेका छन् ।

घण्टाचुली पर्यटन बिकास क्षेत्रका लागि पूर्वधार तयारीका लागि गाउँपालिकाले बोलपत्र आव्हान गरेको थियो । आव्हान गरिएको बोलपत्र अनुसार प्रविधिक र आर्थिक प्रस्तावको मुल्यांकनमा मृत सन्जिवनि-शिवशक्ति र इको कम्पनी हेटौंडाले संयुक्त हेटौंडा पहिलो नम्बरमा छनौट गरी सम्झौता गरिएको छ । ऐतिहासिक घण्टाचुली पर्यटन बिकास क्षेत्रको निर्माण कार्य २०८० साल असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको छ ।

घण्टाचुली पर्यटन बिकास क्षेत्रको प्रवर्द्धनका लागि नेपाल सरकार पर्यटन मन्त्रालयबाट ३ करोड ५० लाख रुपैयाँ, देवघाट गाउँपालिकाको १ करोड ५० लाख गरी मुल्य वृद्धि संयोजना र भैपरि खर्च सहित ५ करोड रुपैयाँ बजेट मध्ये छनौट भएका निर्माण कम्पनीले २ करोड ९४ लाख रुपैयाँमा सम्झौता गरेको बताइएको छ ।

करिब ३ सय रोपनी क्षेत्रफल मध्ये करिब दुइ रोपनी क्षेत्रफल भित्र भ्यु टावर, लिफ्टिङ्ग खानेपानी, पौउच मार्गको स्तरोन्नति, रानी पोखरी निर्माण, ऐतिहासिक दरबरको संरक्षण, पैदल मार्ग, गेट, पिकिनि स्पर्ट, चौकिदार भवन, क्यान्टिङ्ग लगायतका भौतिक पूर्वाधार निर्माण कम्पनीले तयार गर्नुपर्ने गरी सम्झौता भएको गाउँपालिकाका इन्जिनियर प्रमुख तिर्थराज ढुंगानाले बताए ।

कार्यक्रममा देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटा, देवघाट गाउँपालिका प्रशासन प्रमुख गोविन्द पौडेल, मृत सन्जिवनि-शिवशक्ति र इको कम्पनी हेटौंडाले संयुक्त हेटौंडा मकवानपुरका प्रतिनिधि राममणि बर्तौला लगायतको उपस्थितिमा सम्झौता गरिएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker