१४८औं विश्व हुलाक दिवस मनाइयो

भञ्ज्याङ समाचारदाता/दमौली

जिल्ला हुलाक कार्यालय तनहुँले विविध कार्यक्रम गरी १४८औं विश्व हुलाक दिवस मनाएको छ । ‘पोष्ट फर प्लानेट’ भन्ने नाराका साथ कार्यालयले असोज २३ देखि २५ गतेसम्म विविध कार्यक्रम गरी हुलाक दिवस मनाइएको हो ।

दिवसका अवसरमा कार्यालयले वार्षिक कर्मचारी तथा सेवाग्राही सम्मान, कार्यालय परिसर सरसफाई लगायतका विविध कार्यक्रम गरिएको कार्यालयले जनाएको छ । जिल्ला, इलाका तथा अतिरिक्त हुलाकका कर्मचारी समेतको सहभागिता रहेको नायब सुब्बा तथा सूचना अधिकारी सचिन पौडेलले जानकारी गराए ।

कार्यक्रममा ३ वटै स्तरका हुलाकबाट १/१ जना क्रमशः जिल्ला हुलाकका हल्कारा राजेशबहादुर कुमाल, टुहुरेपसल इलाका हुलाकका हल्कारा लक्ष्मण अधिकारी तथा पोखरीभञ्ज्याङ्ग अतिरिक्त हुलाकका हुलाक प्रतिनिधि पार्वती थापा जोशीलाई जनही नगद १/१ हजार रुपैयाँ, सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

दिवसका अवसरमा आयोजित घैंटो फुटाइ लगायतका मनोरञ्जनात्मक कार्यक्रममा विजयीलाई हुलाक अधिकृत मित्रलाल भट्टराइले पुरस्कृत गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker