पोखराको प्राइम सहकारी ठगी प्रकरणका आरोपी श्रेष्ठ कारागार चलान

पोखराको गैह्रापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिनाका आरोपी शंकर नारायण श्रेष्ठ कारागार चलान भएका छन् ।

कास्की जिल्ला अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि उनी कारागार चलान भएका हुन् । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १० बस्ने ५६ वर्षीय श्रेष्ठ यही मंसिर ८ गते पक्राउ परेका थिए ।

उनलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतले ५० लाख धरौटी बुझाउन भनेको थियो । सो रकम तिर्न नसकेपछि उनी कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker