तनहुँका १६ मतदान केन्द्रमा महिलाको जिम्मामा

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ-१ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि एक सय ५२ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत नियुक्त गरेको हो ।

नियुक्त भएका मतदान र सहायक मतदान अधिकृतका लागि आज वैशाख ५ र ६ गते अभिमुखीकरण प्रदान गरिने निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । अभिमुखीकरण पश्चात् ७ गतेबाट मतदान अधिकृतलाई आवश्यक सामग्रीसहित सम्बन्धित मतदान केन्द्रमा खटाइने ढकालले बताउनुभयो । “सदरमुकामबाट टाढा दूरीमा रहेका मतदान केन्द्रमा ७ गतेबाटै आवश्यक सबै सामग्री दिएर कर्मचारी खटाउँछौ,” ढकालले भन्नुभयो ।

कुल एक सय ५२ मतदान केन्द्रमध्ये १६ मतदान केन्द्रमा महिलालाई जिम्मेवारी दिइएको छ । भानु नगरपालिकामा कार्यरत भगवती शर्मालाई भानु-२ स्थित होमराज लोहनी शारदा शिक्षा सदन, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा कार्यरत पार्वती पौडेललाई भानु-३ स्थित मर्स्याङ्दी आधारभूत विद्यालय, कृषि विकास बैंकमा कार्यरत रसिला श्रेष्ठलाई भानु-६ स्थित पड्केपसल आधारभूत विद्यालय (ख), शुक्लागण्डकीमा कार्यरत दुर्गा अधिकारी तिमिल्सिनालाई व्यास-२ स्थित सत्यवती माध्यमिक विद्यालय (ख), तनहुँ अदालतमा कार्यरत देवी भण्डारी चापागाईलाई सत्यवती माध्यमिक विद्यालय (ग) मतदान केन्द्रमा मतदान अधिकृतको जिम्मा दिइएको छ ।

शुक्लागण्डकीमा कार्यरत मञ्जु सुवेदीलाई व्यास-४ स्थित मदर्शा आधारभूत विद्यालय (ग), सडक डिभिजन कार्यालयमा कार्यरत बबिता शर्मालाई व्यास-७ स्थित पञ्चज्योति आधारभूत विद्यालय (ख), शुक्लागण्डकीमा कार्यरत अस्मिता सुवेदीलाई पञ्चज्योति आधारभूत विद्यालय (ग), व्यासमा कार्यरत कल्पना खनाललाई आँबुखैरेनी-३ स्थित रामशाह माध्यमिक विद्यालय (ख), भानुमा कार्यरत सरस्वती गुरुङ ढकाललाई बन्दीपुर-१ स्थित विष्णु माध्यमिक विद्यालय (ख) केन्द्रमा मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।

आँबुखैरेनीमा कार्यरत निर्मला कँवरलाई बन्दीपुर-१ स्थित पवित्रा माध्यमिक विद्यालय (ख), तनहुँ अदालतमा कार्यरत लक्ष्मी रिमाल पराजुलीलाई बन्दीपुरस्थित भानु माध्यमिक विद्यालय (ख), भिमादमा कार्यरत टेकावती ढकाललाई बन्दीपुरस्थित दिल आधारभूत विद्यालय (ख), व्यासमा कार्यरत सावित्री आचार्य कोइरालालाई बन्दीपुरस्थित जगदीश्वर आधारभूत विद्यालय (ख), व्यासमा कार्यरत लक्ष्मी गुरुङलाई बन्दीपुरस्थित चन्द्रोदय आधारभूत विद्यालय (ख) र देवघाटमा कार्यरत पुष्पादेवी बरामलाई व्यासस्थित जलदेवी माध्यमिक विद्यालय (ङ) केन्द्रमा मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।

तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति बन्नुभएपछि यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि विसं २०८० वैशाख ९ गतेसम्म १८ वर्ष पूरा हुने एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker