बन्दिपुर गाउँपालिकाको ६४ करोड ९६ लाखको बजेट पुस्तिका सार्वजनिक

भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुर गाउँपालिकाले चाले आर्थिक वर्ष २०७९/०८० को बजेट पुस्तिका सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा, उपाध्यक्ष पञ्चमाया गुरुङ र प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले संयुक्त रुपमा बजेट तथा नीति पुस्तिका सार्वजनिक गरेका हुन् ।

गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न रु. ६४ करोड ९६ लाख ३७ हजार खर्च हुने अनुमान गरिएको छ । जस अन्तर्गत चालु तर्फ रू. ३२ करोड ६३ लाख ५० हजार र पूँजीगत तर्फ रू. २३ करोड ९७ लाख ८७ हजार विनियोजन गरिएको छ । जुन चालु तर्फ ५७.६४ प्रतिशत र पूँजीगत तर्फ ४२.३६ प्रतिशत रहेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षका लागि कृषि तर्फ रू. ४० लाख, पशुपन्छी तर्फ रु. ५० लाख, पर्यटन तर्फ रु. २० लाख, उद्योग बाणिज्य तर्फ रु. ५ लाख, सहकारी तर्फ रू. ५ लाख, शिक्षा तर्फ रू. ५५ लाख, स्वास्थ्य तर्फ रू. ६० लाख रकम विनियोजन गरेको छ ।

यस्तै, सिंचाई तर्फ रू. ३० लाख, संस्कृति प्रवर्द्धन तर्फ रु. १० लाख, महिला बालबालिका, अपाङ्ता तथा ज्येष्ठ नागरिक तर्फ रु. २० लाख, लैङ्गकि समानता तथा सामाजिक समावेशीकरण रू १० लाख, सडक तथा पुल निर्माण तर्फ रू. २ करोड ३५ लाख, नवीकरणीय उर्जा तर्फ रू. ८ लाख, भवन तथा शहरी विकास तर्फ रु ६४ लाख रकम विनियोजन गरिएको छ ।

गाउँपालिकाले खानेपानी तथा सरसफाई तर्फ रु. १ करोड ५० लाख, वन तथा भू-संरक्षण तर्फ रु. ५ लाख, जलाधार संरक्षण तर्फ रू. १० लाख, विपद व्यवस्थापन तर्फ रू. ३५ लाख, लघु उद्यम विकास कार्यक्रमका लागि रू. ३० लाख, कर्मचारी पर्यटन काजका लागि रु. २० लाख रकम विनियोजन गरेको वडा नं. १ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी गराए ।

यस्तै, समपुरक अनुदानका लागि रू. २ करोड ७० लाख, सामाजिक सुरक्षाका लागि रू. ८ करोड ३५ लाख, भूमि सम्बन्धी कार्यक्रमका लागि रू. १० लाख, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रू. ४८ लाख, न्यायिक समिति व्यवस्थापन तर्फ रू. ५ लाख, सामी परियोजनाको लागि रू. २३ लाख, बन्दिपुर सांस्कृतिक केन्द्र निर्माणका लागि रू. ७० लाख, जेष्ठ नागरिक सेवा केन्द्रका लागि रू. ५० लाख विनियोजन गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

गाउँपालिकाले अतिथि गृह निर्माणका लागि रू. ३५ लाख, अन्य आर्थिक सहायताका लागि रू. १० लाख, प्रशासनिक खर्चका लागि रू. २ करोड ३० लाख, वडा समितिका लागि रू. ४ करोड ७० लाख, विषयगत शाखाहरूका लागि रू. ३ करोड ३० लाख, गत आ.व. को पूँजीगत भुक्तानिका लागि रू. २ करोड २८ लाख ९२ हजार, पालिका स्तरीय योजना तथा कार्यक्रमका लागि रू. ३ करोड रकम विनियोजन गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker