जबरर्जस्ती करणी मुद्दाका अभियुक्तलाई १८ वर्ष छ महिना कैद फैसला

तनहुँ जिल्ला अदालतले जबरर्जस्ती करणी मुद्दाका अभियुक्तलाई १८ वर्ष छ महिना कैद फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आज अभियुक्त व्यास नगरपालिका–१० निवासी यमबहादुर विकविरुद्ध उक्त फैसला सुनाएको हो ।

यही असार १३ गते मुद्दा फैसला भएकोमा आज सजाय निर्धारण भएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो । अदालतले कुँवरलाई रु छ लाख जरिवाना र रु १५ हजार क्षतिपूर्ति बुझाउने समेत फैसला गरेको छ ।

निज अभियुक्तविरुद्ध विसं २०७८ असार ८ गते परिवर्तित नाम २०७७÷७८ ट कुमारी वादीद्वारा तनहुँ जिल्ला अदालतमा जबरर्जस्ती करणी मुद्दा दर्ता भएको थियो ।

चौँध वर्षीया बालिकालाई विसं २०७७ मङ्सिर १५ गते जबरजस्ती करणी र विसं २०७८ जेठ १३ गते गर्भपतन गराएको अभियोगमा प्रहरीले विकलाई पक्राउ गरेको थियो । अभियुक्तले बालिकालाई विसं २०७७ मङ्सिर १५ र त्यसपछि पटक–पटक बलात्कार गरेको उजुरी परेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker