गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित

गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम पारित गरियोस् भन्दै गर्नुभएको प्रस्ताव सभाले बहुमतले पारित गरेको हो ।
यस अघि नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेशसभा सदस्यहरूले भाग लिनुुभएको थियो । छलफलमा सदस्यहरूले सरकारका नीति तथा कार्यक्रमहरू कार्यान्वयनयोग्य हुनुपर्ने बताउनुुएको थियो । सरकारका काम कारवाहीले प्रदेशको औचित्य पुष्टि हुनुपर्नेमा जोड दिँदै सदस्यहरूले सङ्घीयताको आकर्षण भनेको नै प्रदेश भएको उल्लेख गर्नुभयो ।
छलफलमा उठेका प्रश्नका जवाफ दिदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभामा उठेको विषयलाई आत्मसात गर्दै अघि बढ्ने बताउनुुभयो । नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रको प्रसङ्ग नियतवत नछुटाइएको उल्लेख गर्दै उहाँले चालु वर्षमा सञ्चार क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको र आगामी वर्ष पनि यसले निरन्तरता पाउने धारणा राख्नुुभयो । पत्रकार बीमा, लेखनवृत्ति, लोककल्याणकारी विज्ञापनलगायतका व्यवस्थाले निरन्तरता पाउने बताउँदै उहाँले लामो समयदेखि रोकिएको आमसञ्चार विधेयकलाई अगाडि बढाएर पारित समेत गरेको उल्लेख गर्नुुभयो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने विषय प्रदेश, मुलुकको मात्र नभै अन्तर्राष्ट्रिय विषय भएको बताउँदै उहाँले यहाँ अन्तरदेशीय उडानहरू हुनुपर्ने बताउनुुभयो । यसका लागि प्रदेशले मात्र नभइ सङ्घीय सरकारले चाहनुपर्ने बताउँदै उहाँले यहाँबाट जाने गन्तव्य रहेको त्यहाँको सरकारले पनि चाहनुपर्ने बताउनुुभयो । यसबारे पहलहरू भइरहेको र आज विहान मात्रै पनि  पोखराबाट बङ्गलादेशमा सिधा हवाइ उडानका विषयमा छलफल भइरहेको बताउनुभयो ।
समाजवादलाई हेर्ने दृष्टिकोणहरू फरक फरक रहेको बताउँदै उहाँले यो समय र स्थानअनुसार पनि फरक हुने उल्लेख गर्नुुभयो । प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो ४ बजे बस्ने सभामुख कृष्णप्रसाद धितालले जानकारी गराउनुुभयो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker