श्रीमतीलाई मर्स्याङदी नदीमा फालेको आरोपमा एक षुरुष पक्राउ

श्रीमतीलाई तन्नामा पोको पारेर मर्स्याङदी नदीमा फालेको आरोपमा एक षुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ । पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई आफ्नै श्रीमती मारेर मस्र्याङदी नदीमा फालेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

कामीले आज बिहान २४ वर्षीय श्रीमती सम्झना रेग्मीलाई गोरखा र तनहुँ जोड्ने नयाँपुलस्थित झोलुङ्गे पुलबाट फालेको देखेपछि स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए । घटना लगत्तै पक्राउ परेका अभियुक्त कामीले श्रीमतीको गए राति नै मृत्यु भएकाले दाहसंस्कार गर्न एक्लैले सम्भव नभएपछि तन्नामा पोको पारी शव नदीमा फालिदिएको स्वीकार गरेको प्रनाउ दाहालले बताउनुभयो । नदीमा फालिएको भनिएको शवको खोजी भइरहेको भए पनि अहिलेसम्म फेला नपरेको उहाँले जानकारी दिनुभयो ।

कामीलाई अस्थायी प्रहरी पोष्ट बिरुवाटार र इलाका प्रहरी कार्यालय ठाँटी पोखरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका कामी बेवारिसे अवस्थामा नयाँपुलमुनि ओडारमा श्रीमती सम्झनासंाँ बस्दै आएको खुलेको प्रहरीको भनाइ छ । उनीहरुले छ महिना अघिमात्र बिहे गरेका थिए । घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker