नेवार समुदायको साँस्कृतिक झाँकी

तनहुँको दमौलीमा आयोजित लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालको दोस्रो क्याबिनेट बैठकमा सहभागिहरुलाई नेवार समुदायका युवायुवतीहरु शनिबार साँस्कृतिक झाँकी प्रस्तुत गरी स्वागत गर्दै । व्यास ऋषिको जन्मभूमि र पराशर ऋषिको तपोभूमिमा आयोजित दोस्रो क्याबिनेट बैठकमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक एल नेपालमा आबद्ध सदस्यहरुको सहभागिता रहेको थियो । लायन्सवादको ५२ वर्षको नेपालको इतिहासमा दोस्रो पटक दमौलीमा क्याबिनेट बैठक गरिएको हो ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ










