भानु नगरपालिकामा मनाईयो दोस्रो राष्ट्रिय कृषि जैविक दिवस

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानुमा दोस्रो राष्ट्रिय कृषि जैविक दिवस मनाईएको छ । ‘कृषि जैविक विविधता हाम्रो अमूल्य सम्पदा, संरक्षण एवं दिगो उपयोग हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ सप्ताहब्यापी रुपमा मनाईएको दिवस आईतबार सम्पन्न गरिएको छ ।

भानु नगरपालिका-९ को बाइसजाँगरमा आयोजित कार्यक्रममा सहभागि भएका गण्डकी प्रदेशका कृषि तथा भूमि ब्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले प्रदेशले कृषि क्षेत्रलाई प्राथमिकता दिएको र किसानका लागि सहयोग हुने खालका योजना निर्माण गरी किसान लक्षित कार्यक्रम अगाडि बढाइएको बताए ।

कृषि ज्ञान केन्द्र तनहुँको आयोजना, जैविक विविधता संरक्षण समिति पुर्कोट सामुदायीक बीउ बैंक भानुको सह-आयोजना र भानु नगरपालिकाको सहयोगमा कार्यक्रम गरिएको जैविक विविधता संरक्षण समितिका सिताराम बजगाइले बताए ।

स्थानीय रैथाने जातको बीउको संरक्षणमा जोड दिई, कृषकको आम्दानीको अवस्थामा वृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल शर्मा लामिछानेले बताए । खाद्य तथा पोषण सुरक्षा ध्यान दिनु पर्ने र रैथाने बालीको संरक्षण गर्नु पर्नेमा उनले जोड दिए ।

जैविक विविधता संरक्षण समिति पुर्कोट सामुदायीक बीउ बैंक भानुका अध्यक्ष विकलराज अधिकारीको सभापतित्वमा आयोजित कार्यक्रममा भानु नगरपालिका भित्रका विद्यालयका विद्यार्थीहरु बीच “कृषि जैविक विविधता हाम्रो अमूल्य सम्पदा, संरक्षण एवं दिगो उपयोग हाम्रो प्रतिवद्धता” भन्ने शीर्षकमा वक्तृत्वकला प्रतियोगिता गरिएको थियो ।

प्रतियोगितामा कर्मदा माविकी राधिका घले प्रथम, कर्मदा माविकै बविता अधिकारी द्धितीय, मनोहर माविका सन्तोष कुमाल तृतीय, पुर्कोट माविकी अप्सरा मियाँ र मर्स्याङ्दी प्राविका कृष्ण श्रेष्ठले सान्त्वना स्थान प्राप्त गरेको भानु नगरपालिकाका कृषि तथा पशुपंक्षी शाखाका राजन सेर्ढाईंले जानकारी दिए । कार्यक्रममा तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्द्धन गौतम, वडा अध्यक्ष मिनबहादुर गुरुङ लगायतको सहभागिता रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker