जनकल्याण प्राविमा अध्ययनरत विपन्न विद्यार्थीलाई झोला र स्टेशनरी प्रदान

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास-११ दरैपधेरा स्थित जनकल्याण प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न २५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि वितरण गरिएको छ ।
व्यास-२ दमौली निवासी व्रिटिस सेनाका पुर्व प्रहरी लालबहादुर थापाले विद्यालयमा अध्ययनरत अल्पसंख्यक दरैं र विपन्न समुदायका बालबालिकाको पढाइमा सहयोग गरी शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले झोला, कापी, कलम गरी २० हजार रुपैंयाँ बराबरको सामग्री सहयोग गरेका हुन् ।
लायन्स क्लव अफ तनहुँ भानुभक्तको आयोजनामा थापाले ती सामग्रीहरु विद्यालयमै पुगेर विद्यार्थीलाई प्रदान गरेका थिए । ‘दरैं र विपन्न समुदायका विद्यार्थीलाई पढाइमा सहयोग पुगोस् भनेर सहयोग गरेको हुँ’, सहयोगि थापाले भने, ‘गरिएको सहयोगको भरपुर सदुपयोग होस् भन्ने चाहन्छु ।’
शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा लायन्स क्लव अफ तनहुँ भानुभक्तका अध्यक्ष किशोर श्रेष्ठ, क्लवका डिपार्टमेन्ट चिफ सुरेन्द्र पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर दरै लगायतको सहभागिता रहेको क्लवका जिल्ला सल्लाहकार कविराज श्रेष्ठले बताए ।
क्लवले विभिन्न मनकारीहरुलाई संगठित गरी समाजसेवा गर्दै आएको सल्लाहकार श्रेष्ठले जानकारी दिए। शैक्षिक सामग्री प्रदान गरिनुले विपन्न समुदायका बालबालिकालाई पढ्नु पर्ने भावनाको विकास भएको आफूले पाएको विद्यालयका प्रधानाध्यापक शशीकला पौडेलले बताइन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker