व्यास नगरपालिकाको घरनक्शा सेवा अनलाइनबाट
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले सेवाग्राहीलाई सहज गराउन ‘व्यास डट घरनक्शा नेपाल डटकम’ अनलाईन पोर्टल सञ्चालनमा ल्याएको छ ।
सेवागाहीलाई घरबाटै आफनो घरनक्सा सम्बन्धीको विवरण जानकारी गराउने उद्देश्यले अनलाईन पोर्टल सञ्चालनमा ल्याएको नगरपालिकाको भवन नियमन तथा घरनक्सा पास शाखाका इन्जिनियर प्रविण कैनीले बताए ।
उनले भने, ‘घर निर्माण गर्दा नगरपालिकाबाट प्रदान गरिने घरनक्सा सम्बन्धी कामकारबाही के कती भएको छ भने घरबाटै थाहा हुनेछ । योसंगै उक्त कामको लागि सेवाग्राहीलाई नगरपालिका धाईरहनु पदैन ।’
उनका अनुसार नगरपालिकामा घरनक्सा दर्ता गरिसकेपछि आफनो फाईल कोड पाउन सकिन्छ । उक्त फाईलकोड वेवसाइटमा गएर लगइन गरेपछि आफनो फाईलको प्रक्रियागत जानकारी थाहा पाउन सकिन्छ । इन्जिनियर कैनीले भने, ‘आफनो घरनक्साको फाईलको प्रक्रिया थाहा पाउनुको साथै आफनो कागजात हेर्न तथा डाउनलोड गर्न सकिन्छ ।
निकट भविष्यमा कागजात रहित डिजिटल सेवा प्रदान गर्ने उद्देश्यले अनलाईन सेवा सुरु गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘नगरपालिकालाई पूर्णरुपमा डिजिटिल बनाउन नगरपालिकाले नितिगत रुपमै अगाडी बढेको छ ।’









