बन्दीपुरको नाहालाका कृषकको धान खेतीमा ब्लाष्ट रोग देखियो

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालाका कृषकको धान खेतमा ब्लाष्ट रोग देखिएको छ । कृषकको धान खेतीमा ब्लाष्ट रोग देखिएपछि गाउँपालिका र कृषि विकास शाखाले किसानलाई समयमै सतर्क रहन आग्रह गर्दै धान बाली वा अन्य कृषि सम्बन्धी समस्या देखिएमा तुरुन्तै शाखासँग सम्पर्क गर्न अनुरोध गरेको छ ।

कृषि विज्ञका अनुसार ब्लाष्ट रोग धानमा देखिने प्रमुख ढुसीजन्य रोग हो, जसलाई पाइरिकुलारिया ओराइजे (धानको डढेलो रोग उत्पन्न गर्ने ढुसी÷फफूँद) नामक ढुसीले निम्त्याउने गर्दछ । यसले बेर्ना मर्नु, पातमा सेतो टिका सहितका खैरो दाग देखिनु, बाला सुक्नुजस्ता समस्या ल्याउँछ । रोगलाई अनुकूल वातावरण भेटिएमा ढुसीले छिट्टै फैलने भएकाले ठूलो क्षति हुने खतरा हुन्छ ।

बीउ उपचार नगरी प्रयोग गर्नु, एउटै खेतमा लगातार वर्षे धान लगाइराख्नु, पराल र नलको व्यवस्थापन नगर्नु, अत्यधिक यूरिया प्रयोग गर्नु तथा व्यवस्थित सिँचाइको अभाव प्रमुख कारणका रूपमा देखिएका कृषि विज्ञले बताएका छन् ।

यस्तै, धानको पातमा स–साना सेता टिका सहितका लाम्चा खैरा दाग देखिनु, बाला मुन्तिर डाँठ वरिपरि खैरो वलय देखिनु र अन्ततः बाला सुक्नु यसको मुख्य लक्षण हुन् ।

यो रोग नदेखिएको खेतका बीउ मात्र प्रयोग गर्ने, प्रतिकिलो बीउलाई २ ग्राम कार्बेन्डाजिममा १२ घण्टा भिजाएर उपचार गर्ने, पर्याप्त पानी जमाएर खेत व्यवस्थापन गर्ने, रोग प्रतिरोधी धानका जात (खुमल–४, सावित्री, राधा–४, चन्दनाथ–१, चन्दनाथ–२) प्रयोग गर्ने, बेर्ना बाक्लो नराख्ने, २०÷२० से.मी. दूरीमा रोप्ने, सन्तुलित मल प्रयोग गर्ने र नाइट्रोजन मल एकै पटक नहाल्ने, रोग लागेपछि गर्ने व्यवस्थापन, निरोगी बीउ मात्र प्रयोग गर्ने र रोगग्रस्त खेतको बीउ प्रयोग नगर्ने, बाली चक्र अपनाउने र खेत सफा राख्ने, आवश्यक परेमा ट्राइसाइक्लाजोल, कासुगामाइसिन, हेक्साकोनाजोल, क्रेसोक्सिम मेथाइल जस्ता औषधि छर्नुपर्ने कृषि विज्ञहरुले बताएका छन् ।

कृषि विकास शाखाले किसानलाई समयमा रोग नियन्त्रण नगरेमा उत्पादनमा ठूलो क्षति हुने चेतावनी दिँदै रोग देखिएलगत्तै शाखासँग सम्पर्क राख्न आग्रह गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker