गर्भवती र सुत्केरीको पोषणमा भिमाद नगरपालिकाको जोड

भिमाद : तनहुँको भिमाद नगरपालिकाको ५ नम्बर वडाले आमा तथा शिशुको स्वास्थ्य र पोषणलाई प्राथमिकता दिँदै गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरी बहुक्षेत्रीय पोषण विशेष कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरी महिलालाई पोषण तथा प्रोत्साहन सामग्री वितरणसँगै स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरिएको छ ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र ऋषिङपाटनमा नियमित स्वास्थ्य परामर्श तथा सेवा लिइरहेका गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा गर्भवती महिलालाई अण्डा तथा सुत्केरी महिलालाई घिउ, अण्डा, कुखुराको भाले र सरसफाइ सामग्री लगायत वितरण गरिएको छ ।

नगर कार्यपालिका सदस्य संगिता विकले सामग्री वितरण गर्दै आमा स्वास्थ भएमा जन्मने बच्च पनि स्वास्थ्य हुने भएकाले गर्भअवस्थामै पोषणयुक्त खानपान र सकरात्मक जीवनशैलीलाई नगरापालिकाले प्राथमिकता दिएको बताइन् ।

कार्यक्रममा स्वास्थ्य सेवा केन्द्रकी इन्चार्ज सन्जु श्रेष्ठले गर्भवती तथा सुत्केरी महिला र बालबालिकाको स्वास्थ्य, पोषण तथा सरसफाइका साथै नियमित खोपको महत्वबारे जानकारी गराएकी थिइन् ।

स्वास्थ्यकर्मीले गर्भावस्थामा नियमित स्वास्थ्य परीक्षण गराउने, पोषणयुक्त तथा सन्तुलित आहार खाने, व्यक्तिगत सरसफाइमा ध्यान दिने र चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाहअनुसार स्वास्थ्य सेवा लिने विषयमा सहभागीलाई सचेत गराएका थिए। सुत्केरीपछिको अवस्थामा आमा र शिशुको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने तथा बालबालिकालाई निर्धारित समयमा नियमित खोप लगाउनुपर्नेमा समेत जोड दिइएको थियो ।

बहुक्षेत्रीय पोषण विशेष कार्यक्रमको मुख्य उद्देश्य बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा सहयोग पु¥याउनुका साथै कुनै पनि बालबालिका नियमित खोप तथा स्वास्थ्य संस्थाबाट उपलब्ध हुने आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिनु रहेको जनाइएको छ ।

कार्यक्रममार्फत गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार गर्ने, स्वास्थ्यसम्बन्धी व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने तथा बालबालिकाको स्वास्थ्य संरक्षणमा परिवारको भूमिका बलियो बनाउने प्रयास हुँदै आएको स्वास्थ्यकर्मीले बताएका छन् ।

भिमाद नगरपालिका–५ मा बहुक्षेत्रीय पोषण विशेष कार्यक्रम सञ्चालन भएको करिब चार वर्ष पुगेको छ । कार्यक्रमले गर्भवती, सुत्केरी महिला तथा बालबालिकाको स्वास्थ्य र पोषणमा सहयोग पु¥याउँदै आएको स्वास्थ्य सेवा केन्द्रले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker