ज्येष्ठ नागरिलाई चिन्ता : नागरिक नभै मरिन्छ कि !

हरि बाँस्तोला

पोखरा वृद्धाश्रममा आश्रति छ ज्येष्ठ नागरिकलाई यतिखेर एउटै चिन्ताले सताउने गरेको छ, नेपालको नागरिक नभई मरिन्छ कि भन्ने । उमेरले जीवनको उत्तरार्ध अवस्थासम्म पनि आप\mनो नाममा नागरिकता प्रमाणपत्र नहुँदा उहाँहरू चिन्तित बन्नुभएको छ । सानै उमेरमा आमाबाबु गुमाउँदा बाल्यकालदेखि अर्काका घरमा श्रमिकरूपमा काम गर्नुपरेको उहाँहरू बताउनुहुन्छ । अहिले उहाँहरू नागरिकताका अभावमा राज्यबाट पाउने सुविधाबाट पनि वञ्चित हुनुपरेको दुःखेसो गर्नुहुन्छ ।

वृद्धाश्रमकै सहारामा बाच्नु परेपनि कमसेकम नागरिकता लिएर आफूहरू नेपाली भएर बाच्न पाउने आशामा रहदै आएको ८० वर्षीया फुलमाया भुजेल बताउनुहुन्छ । पोखराको नयाँ बजार घर भएकी उहाँको आफ्नै पीडा व्यथा छन् । राम्रोसँग बोल्न र सुन्न नसक्ने उहाँ झण्डै एक दशकभन्दा बढी समयदेखि पोखरा वृद्धाश्रममा बस्दै आउनुभएको छ । आफन्तले साहारा दिने कोही नभएर नै वृद्धाश्रम पुगेकी उहाँलाई नागरिकता नपाउँदा थप चिन्तित बनाएको छ । उहाँले भन्नुभयो ‘आफू नेपाली नागरिक भएर पनि नागरिक नभए जस्तो लागिरहेको छ ।’

फुलमाया जस्तै लमजुङको राइनास मोहोरीयाकोट जन्मस्थान भई घर परिवारको मायाबाट वञ्चित ७८ वर्षीय हरिबहादुर थापा विगत आठ वर्षयता सो वृद्धाश्रममा बस्दै आउनुभएको छ । ‘बाह्र छोरा तेह्रनाति बुढाएको धोक्रो काँधै माथि’ भने जस्तै श्रीमती, एक छोरा र दुइ छोरीका यी अभिभावक यतिखेर आफन्त विहीन जस्तो भएर वृद्धाश्रममा बस्न बाध्य हुनुहुन्छ । आफूले सक्दो उमेरसम्म तीनै छोराछोरी र श्रीमतीको लागि भारतमा मजदुरी गरेको स्मण गर्दै उहाँले अहिले पक्षघात भई अशक्त भएका अवस्थामा वृद्धाश्रमको साहारा खोज्नु परेको दुःखेसो गर्नुभयो ।

उमेर हुने अवस्थासम्म भारतको मजदुरी नै महत्वपूर्ण भयो नागरिकता बनाउने सोचनै बनेन अहिले परिवारबाट हेलत्वभएका अवस्थामा राज्यबाट पनि नागरिकता नपाएर हेपिएको महसु भएको उहाँले बताउनुभयो ।

त्यस्तै वृद्धाश्रममा आश्रति पर्वतको देउपुरका ६० वर्षीय राम गुरुङ, नवलपुरका रामचन्द्र चाँधरी, नारायण ढकुरी, धनबहादुर गुरुङको अहिलेसम्म नागरिकता छैन । उहाँहरू आश्रममा पुग्ने जोकोहीसँग पनि नागरिकता प्रमाणपत्र पाउने आशा देखाउने गरेका छन् । सानै उमेरमा आमाबुबा गुमाएर टुहुरा बनेको कारण आफन्तको घरमा बसेर हुर्कोका अधिकांशको नजिकैका नातेदार तथा पैत्रिक सम्पत्तिका नाममा अत्वपत्तो नभएका अस्पताल, प्रहरी र समाजका विभिन्न संघ संस्थाकोमाध्यमबाट आश्रम आइपुग्ने गरेको वृद्धाश्रमको तथ्याङ्कमा उल्लेख छ ।

वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीबाट प्रमुख जिल्ला अधिकारीका पहलमा यसअघि १० आमाबुबाको नागरिकताको प्रमाणपत्र बनाइएको जानकारी दिनुभयो। बाँकी छ को पनि नागरिकता निकाल्न पहल भइरहेको उहाँको भनाइ छ । “समाजका विपन्न, असहाय परिवारबाट अपहेलित ज्येठ नागरिकलाई आवासीय व्यवस्था गर्ने लक्ष्यका साथ २०५२ सालमा स्थापना गरी सञ्चालनमा आएका वृद्धाश्रममा हाल ४० ज्येष्ठ नागरिकसहित १२ सेवकसेविका गरी कूल ५२ को परिवार रहेको छ” उहाँले भन्नुभयो, ‘तीनै तहका सरकार, विभिन्न संघ संस्था तथा व्यक्तिको सहयोगबाट आश्रम यतिखेर भौतिकरूपमा सम्पन्न भए पनि दैनिकखर्च सञ्चालन गर्न भने धौधौ पर्ने गरेको छ ।’

आश्रममा अटयाज बाथरुम, चिसोतातो पानी, फिजियोथेरापी सेवा, बिरामी हुँदा औषधोपचार लगायतका विभिन्न सुविधा रहेको उल्लेख गर्दै अध्यक्ष पराजुलीले भन्नुभयो, “विशेष गरी जन्मोत्सव, विवाहको वाषिर्कोत्सव तथा आफन्तका स्मृतिमा परिवारजनले गरिने दान तथा सहयोगले वृद्धाश्रम सञ्चालन हुँदै आएको छ ।” यसैबीच पोखरा महानगरपालिका-९ का दीपक बाटाजु र सिर्जना बाटाजुले आप\mनो वैवाहिक स्वर्णजयन्तीका उपलक्ष्यमा रु ६ लाख ५१ हजार पाँचको अक्षयकोष स्थापना गर्नुभएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker