तनहुँको सर्वोच्च शिखर छिम्केश्वरीको यात्रा : सन्दर्भ एक प्रसंग अनेक

देव बस्न्यात

विषय प्रबेश

तनहुँको आँवुखैरेनी गाउँपालिका उत्तरमा मरस्याङ्दी, दक्षिणमा त्रिशुली र सेतीमादी, पूर्वमा मस्र्याङदी र त्रिशुली लगायतका पावन नदीहरुले वेष्ठित छ भने पश्चिममा पहाडकी रानी बन्दीपुर गाउँपालिकाले वेष्ठिात अति पवित्र र पावनभूमि हो। तनहुँको सर्वोच्च शिखरमा रहेको छिम्केश्वरीमाइ मन्दिर तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिकाको वडा नं. ५ र ६ मा रहेको छिम्कालेखको पर्वत श्रृंखलामा पर्दछ । पंक्तिकार स्वयं तनहुँ निवासी भएकै कारण पनि तनहुँको सर्वोच्च शिखरमा नपुग्दासम्म मनमा खुल्दुली बढिरहनु स्वभाविकै पनि हो। मनको खुल्दुली मेटाउनकै लागि २०८२ साल फाल्गुण २९ गतेका दिन छिम्केश्वरीमाईको दर्शन गर्न जाने निधो ग¥यौं । टिमको प्रतिवद्धता अनुसार विहान ७.१५ बजे मात्र भेटघाटचोक दमौलीमा स्कारपियोका साथ सवारी चालक नवराज आइपुगे। यात्राका हामी सहयात्रीहरु विहान ७ः०० बजे नै भेटघाटचोकमा जम्मा भइसकेका थियौं । विहान ७.२० बजे मात्र हामीले दमौलीबाट छिम्केश्वरीका लागि प्रस्थान ग¥यौं।

सर्वप्रथम हामी आँबुको बजार भन्दा केही किलोमिटरको दुरीमा रहेको ऐनापहरा पुगेर त्यहाँको बस्तुगत र धार्मिक महत्वका विषयमा लिइएका वार्ताका अंशलाई डायरीमा नोट ग¥यौं। ऐना पहराको अवलोकन र त्यहाँका खोलामा जलसेंचनकै पश्चात मात्र हामी छिम्केश्वरी मन्दिर प्राङ्गणमा पाइला चालेका थियौं। छिम्केश्वरीमाइको मन्दिरसम्म पुग्न विभिन्न मार्गहरु रहेका छन्। सहज मार्गहरुमा दमौली डुम्रे बन्दीपुर हुँदैै हिलेखर्क र दमौली डुम्रे, सत्रसय बरादीफाँट हुँदै हिलेखर्कसम्म मोटर मार्ग र त्यहाँबाट पैदलै हिंडेर छिम्केश्वरीको चुचुरोमा पुग्न सक्दथ्यौं ।

यसै गरी हामी दमौली डुम्रे आँबुखैरेनी बजारको गाउँपालिका भवनको मार्ग हुँदै लाब्दीसम्म पिच मार्ग र करिव ३ किलोमिटर अफरोड बाटो तय गरेपछि करिव ४५ मिनेटको पैदल यात्रा तय गरेर छिम्केश्वरी सहजै पुग्न सकिन्छ । हुन त दमौली सारङघाट–घुमाउनेघाट पुगेर त्यहाँबाट हामी लाब्दीसम्म पुरै सिङ्गल लेनको कच्ची मोटर मार्ग हुँदै छिम्केश्वरी पुग्न सक्दछौं । मोटर मार्ग कच्ची र सिङ्गल लेनको बाटो हुनाले यो बाटो यात्रा गर्दा अलि कठिन हुने हुँदा बन्दीपुर र आँबुखैरेनीका मार्गहरु नै सहज मार्ग देखिएका छन् । तर पनि हामीले पहिलो रोजाइ ऐना पहराको अवलोकन र तत्पश्चात छिम्केश्वरीसम्म पुग्दा आँबु गाउँपालिकाको कार्यालयको नजिकै रहेको छिम्केश्वरी मार्ग हुँदै आँवुगाउँको लाब्दीसम्म १६ किलोमिटर पक्की सडक र तीन किलोमिटर अफरोडको यात्रा सम्पन्न हुनसाथ करिव ४५ मिनेटको पैदल यात्रा सम्पन्न गरेर मात्र हामी छिम्केश्वरीको शिखरमा पुग्न सफल भएका थियौं ।

छिम्केश्वरीको ऐतिहासिक महत्व

पाल्पाको राज मणिमुकुन्दसेनले पूर्वि विजय अभियान चलाउँदा वि.सं. १५८०/१५८१ को बीचमा आँबुकोटमा रहेको मगर/तमाङ घले राजाको शासन सत्ताको प्रभुत्व समाप्त गराइ आफ्नो प्रभुत्व कायम गरेको हुनु पर्दछ । छिम्केश्वरी माताको पजा आराधना गरेमा आँटे ताकेको कुरा पुग्छ भन्ने विश्वास प्राप्त गरेका तनहुँका राजा दामोदर सेनले छोरी मल्लिकावतीको छोरा नरभूपाल शाहले गोरखाको राजगद्धी प्राप्त गरुन भनि वि.सं. १७५३ मा छिम्केश्वरीमाताको मन्दिरमा पुरश्चरण गरेको ऐतिहासिकता पाइन्छ । यसै गरी तनहुँका अर्का राजा त्रिविक्रम सेनले पनि खैरेनी मुकाममा रहँदा वि.सं. १८१५ मा एउटा रजवन्धकी लेखेको पत्र अहिले आएर फेला परेको छ ।

आँबुखैरेनीको ऐनापहरा र छिम्केश्वरीमाईको प्रसङ्ग

समुन्द्र सतहबाट २१३४ मिटरको उचाइमा र १२८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आँबुखैरेनी गाउँपालिकाको छिम्केश्वरी डाँडाको चुचुरोमा छिम्केश्वरीमाइ र सहोदर दिदी बूढीभगवतीमाइलाई समेत बढीमा २०० मिटरको दुरीमा एउटै शिखरमा स्थापना गरिएको छ । संस्कृत भाषामा …आÚ भन्नाले पानी तथा खोला -तीनैतिरबाट नदी र खोलाले बेष्ठित गाउँँ) र …बÚ भन्नाले बगैंचा -आँबुमा आँपको बगैंचा प्रशस्त थियो) भन्ने जनाउने भएकोले कालन्तरमा आँब शब्दको …बÚ अक्षरमा उकार थपिन गइ शब्दमा मिठासपन प्रदान गर्न पुग्दा आँबु बन्न गएको पनि हुन सक्दछ। अर्को अर्थमा …आÚ भन्नाले आद्यशक्ति पार्वती र …बुÚ भन्नाले बूढीभगवती भन्ने गरिएको लोकोक्तिलाई छोटकरीमा आँबु भन्न थालिएको हुन सक्दछ। छिम्केश्वरी डाँडामा पानीको अभाव हुनाले छिम्केश्वरीमाई पूर्वाेत्तरतर्फ रहेको ऐनापहरा समिपका सिंउडीखोला र मस्र्याङदी नदीको दोभान -समुन्द्र सतहदेखि ३२० मिटरको उचाई)मा पुगेर हरेक दिनको शुभमुहुर्तमा गण्डकी स्नान गरेर ऐना पहारामा रहेको ऐनामा हेरी कपाल कोरीबाटी गरी छिम्काको लेखमा गएर बस्ने भएकाले हरेक भक्तालुले ऐनापहरामा बग्ने सिउंडी खोला र मस्र्याङ्दी नदीको वेनीमा स्नान गरेर छिम्केश्वरीमाईको दर्शन गरेमा आफुले ताकेको र कल्पेको मनोकाँक्षा पुरा हुने जनविश्वास रही आएको पाउँदछौं ।

अहिले आँबु गाउँपालिकाले यस ऐना पहरालाई पर्यटन मैत्री स्थल बनाएको भेटियो । गाउँपालिकाले यहाँको पहरामा कला भरेर पर्यटकहरु आकर्षित गर्ने रणनीति तय गरेको छ । प्राकृतिक रुपममै बनेका अनुभूति हुने गरी तयार गरिएका यहाँका गणेश भगवानको मूर्ति, आमा छोराको वात्सल्य झल्कने मूर्ति र स्वर्गका अप्सरा नाचीरहेको अनुभूत मिल्ने मूर्ति, हात्तीको आकृति र ५० मिटर अग्लो र ५७ मिटर लम्वाइको स्काइ वाक गर्न मिल्ने पुल र ऐना पहरा पार्क निर्माण गरिएको छ ।

तनहुँकै सर्वोच्च शिखर छिम्कालेख, बूडीभगवती र छिम्केश्वरीमाइको प्रसंग

नेपाल हिमाल पहाड तराइ समेतको अभिन्न भूभाग हो । छिम्केश्वरी शिखर महाभारत पर्वत श्रृंखलामा पर्दछ । समुन्द्र सतह भन्दा २१३४ मिटरको उचाइमा रहेको छिम्कालेखको शिखर तनहुँकै मात्र नभएर महाभारत पर्वत श्रृङ्खलाकै सर्वाधिक अग्लो शिखर हो । छिम्केश्वरीको लेक पुगिसकेपछि पैदलमार्गको दायाँवायाँ दुबै तर्फ दोहोरो लाइनमा ११ भन्दा बढी प्रजातिका लालीगुराँसका फूलहरुले मानिसलाई मन्त्र मुग्ध बनाउने गर्दछ । छिम्केश्वरी उकालो लाग्दै गर्दा यहाँ भेटिने तान्त्रिक देवता शिद्धभैरवको थान, चन्द्रसूर्य अङ्कित नेपालको राष्ट्रिय झण्डाहरुले पनि हामीलाई मन्त्रमुग्ध र रोमाञ्चक नै बनाएको थियो । छिम्केश्वरीको प्राङ्गढमा पुगेपछि यहाँको सितल हावाले झन मनै पुलकित बनाउँछ भने बूढीभगवतीको थानबाट देखिने हिमश्रृंखला, महाभारत पर्वत श्रृंखला, सेती, मादी, मस्र्याङदी, त्रिशुली नदी र यसका सहायक नदीहरुले बनाएका बेसी तथा टारहरु र उपत्यकाहरुको अवलोकन गर्दा झनै मन्त्रमुग्ध बनाउने गर्दछ । छिम्केश्वरीको मनमोहकताले यो ठाउँ कहिल्यै नछोडौं जस्तो लाग्ने गर्दछ । यही शिखरमा जेठी दिदी बूढीभगवती र माहिली बहिनी छिम्केश्वरीमाईको मन्दिरहरु २०० मिटरका दुरीमा रहेका छन् । छिम्केश्वरीमाईका अन्य दिदी बहिनीहरुमा साहिली बहिनी गोरखकालीकामाई, काइली बहिनीमा मनकामनामाई, ठाइली बहिनीमा इच्छाकामनामाई अन्तरी बहिनीमा अन्नापूर्णामाई र कान्छी बहिनीमा अकलामाईलाई मान्दै आएको कुरा आँवुखैरेनी गाउँपालिका वडा नं. ६ घलेडाँडा निवासी छिम्केश्वरीमाईका पूजारी आइतसिंह गुरुङ र वडा नं ६ लाब्दी निवासी छिम्केश्वरीमाईकै दोश्रो पुजारी पदमबहादुर गुरुङले हामीलाई बताए ।

आँबुखैरेनी गाउँंपालिकाको भवन देखि छिम्केश्वरीको लाब्दीसम्म पुगिने १५ कि.मि. मोटर मार्ग बनाउन गण्डकी प्रदेश सरकारबाट करिव ८ करोड ४७ लाख, संघीय सरकारबाट पनि ८ करोड ४७ लाख र आँबुखैरेनी गाउँपालिकाको ४५ लाख बजेट खर्च गरेर कालोपत्रे सडक निर्माण कार्य सम्पन्न भएको छ । यसै गरी छिम्केश्वरी पर्यटन पूर्वाधार निर्माण कार्यक्रम अन्तरगत मन्दिर परिसरमा ढुङ्गा छाप्ने, रेलिङ निर्माण, सुक्खा ढुङ्गाको सिढीं बाटो र पानीपोखरी निर्माण कार्य गर्नका लागि आ.व. २०७५/०७६ मा गण्डकी प्रदेश सरकारको रु ३३,१०,४४८/४२ विकास बजेट र जनताको लागत सहभागितामा रु ८,५३,२५८/६२ मा सम्पन्न भएको थियो। यसैगरी आर्थिक वर्ष २०७६/०७७ मा गण्डकी प्रदेश सरकारले सिंढी बाटो निर्माणको लागि रु २७,७७,५०८।९५ र जनताको लागत सहभागिताबाट रु ७,२१ ६३२।८४ बराबारको जन सहभागितामा जुटाइ निर्माण कार्य सम्पन्न भएकोले अहिले छिम्केश्वरी पुग्न सहज देखिन्छ ।

सुमेरु पर्वत र समुन्द्र मन्थनको प्रसङ्ग

नेपाली तथा संस्कृत भाषामा मेरु भन्नाले मन्त्र जप गर्दा मन्त्र जपिने मालाको दुबै तर्फको टुप्पा जोडेर माथि राखिने रुद्राक्षको दाना तथा हारको बीचको मणिलाई सुमेरु भन्ने गरिन्छ अर्को अर्थमा मेरु भन्नाले हारको बीचको मणि, पृथ्वीको उत्तर दक्षिण धूर्वको केन्द्रविन्दु र शरिरको मेरुदण्डलाई पनि मेरु भनने गरिन्छ । पृथ्वी उत्पतिको अवस्थामामा भारतवर्ष उपमहाद्वीप सागरको रुपमा विद्यमान रहेको थियो । उत्तरी र दक्षिण धूर्वको बिस्तारै बिस्तारैको थिचाइले यहाँको जमिन बिस्तारै बिस्तारै सागरबाट माथि उठ्दै जाँदा भारतीय महाद्वीपको उत्पति भएको मानिन्छ। सत्युगकै कुनै कल्पमा देवता र राक्षसहरु परस्परमा मिलेर दूध
-क्षीर) सागरको तीरमा पुगे । मन्दराचल पर्वतलाई मदानी र वासुकी नागको नेतीका सहयोगल दूध -क्षीर) सागर मन्थन गरेर समुन्द्रबाट अमृत निकाल्ने छलफल भएको थियो । समुन्द्र मन्थनको बेला कालकुट विष लगायत कामधेनु गाई उच्चैश्रवा घोडा, ऐरावत हात्ति, कौस्तुभ मणि, कल्पवृक्ष, रम्भा, अप्सरा, देवी लक्ष्मी, वारुणी -मदिरा) चन्द्रमा, पारिजात वृक्ष, पाञ्चजन्य शङ्ख, धन्वन्तरी र अमृतको घडा सहितका सामुद्रिक रत्नहरु प्राप्त भए ।

सर्वप्रथम निस्किएको हलाहल विष राक्षसहरु र देवताको अनुरोधमा रुद्रले पान गरे भने कामधेनु गाइ सप्तषिले, लक्ष्मीलाई विष्णुले, घोडालाइ सूर्यले, कल्पवृक्ष र ऐरावत हात्ती इन्द्रले, धनुष कुमारले बांडीचुडी लिए। समुन्द्र मन्थन पछि निस्किएको अमृतघडा राक्षसहरुले जवरदस्ती लैजालान भनेर इन्द्रपुत्र जयन्तले अमृतघडा बोकेर हिमालचुली र बौद्धहिमालको आसपासमा पुगे । राक्षसहरुको गुरु शुक्रले जयन्तले अमृत घडा चोेरेर आकास मार्गको बाटो हिमाल तर्फ गएको देखेर राक्षसहरुलाई जयन्तलाई पक्रेर अमृत आफ्नो हातमा पार्न दबाब दिएका थिए ।

गुरुको आदेशलाई शिरोधार्य गर्दै राक्षसगणहरु पनि जयन्तको पिछा गरे । इन्द्रपुत्र जयन्तले राक्षसहरुको आँखा छली उडाएको अमृत घडालाई त्यही बिसाउँदा अलिकता अमृत पोखिन गयो । हिमालचुली बौद्धहिमालको नजिकै राक्षसहरु आइपुगेको देखेर जयन्त त्यहाँबाट पनि जयन्त दोर्दी खोलाको सिरान मेमेपोखरीमा पुगे । अचानक अतिवेगका साथ राक्षसहरु मेमेपोखरीको नजिकै आइपुगे । हतारका साथ अमृतघडा उचाल्दा अमृत छचल्कन पुग्यो । छचल्किएको अमृत मेमेपोखरी पोखिंदा त्यहाँ पनि दूधपोखरी बन्न पुग्यो । त्यहाँबाट पनि जयन्तले अमृतघडा बोकेर अन्नापूर्ण हिमालको धुर्चुको लेकमा पुगे । जयन्त र राक्षसहरु पुग्ने समय एकैचोटी भएकाले राक्षस र देवता बीच अमृतघडाको खोसाखोस भयो। राक्षस र देवताहरुले एकआपसमा अमृतको घडा खोसाखोस गर्दा दिव्य १२ दिन सम्म लगातार युद्ध भइरह्यो। युद्ध भइरहेकै समयमा अचानक भगवान विष्णु मोहिनीरुप धारण गरेर युद्धस्थलामा पुसग दुबै पक्षलाई सम्झाइ बुझाइ प्राप्त अमृत बराबरी बाँडी दिन वचन ब्यक्त गर्नु भयो । देवता राक्षस बीच अमृतघडा खोसाखोस हुँदा धुर्चुको लेकमा अलि बढी नै अमृत पोखिन गएको थियो। धेरै अमृत पोखिएको स्थान हुनाले धुर्चुमा ठूलो दूधपोखरी बन्यो भने अमृत उछिटिएर दामोदर हिमालको वारी पारी अमृत छरिन पुग्दा गोसाइंकुण्डमा रहेका तीनवटा कुण्डहरु मध्ये एउटा कुण्डमा अमृत मिसिन पुगेको हुनाले त्यहाँ पनि सानो दूधपोखरी बन्न पुग्यो । अृमतका केही थोपाहरु दमौली, सारङघाट, घुमौरीघाट, गाइघाट र देवघाटसम्म पनि वर्षिन पुगेका कारण यी स्थानहरु पनि पवित्र भूमि बन्न पुगे ।

गण्डकीका संगम स्थलहरु स्वयंमा तीर्थस्थलहरु हुन् तथापि अमृतका कारण अझ बढी महत्वका स्थलहरु बन्न पुगे । त्यसैले यही पवित्र भूमिमा नै महर्षि वेदव्यासले आफ्नो जन्मभूमि बनाएको पाइन्छ। अन्नापूर्ण तेश्रो माछापुच्छ«्रे हिमालको काखबाट दुग्धभा नाम गरेको अमृत रुपी नदी सेतीले अपिहिमालको काखदेखि निस्केको मादीनदीलाई दमौलीमा आफुमा समाहित गर्दै धुमाउनेघाट पुगेको सेतीमादी जलाधारले दामोदर हिमाल, अन्नापूर्ण हिमालको धुर्चुको लेकमा अवस्थित ठूलो दूधपोखरीबाट निस्केको मस्र्याङदी नदीले गौरीशङ्कर हिमालको काखको मेमे नामक दुधपोखरीलार्ई मुहान बनाउँदै मेरुगिरी पर्वत हुँदै बग्दै आउने दोर्दी खोला र बौद्धहिमाल र मनासलु हिमालको काखमा रहेको दूधपोखरीलाई आफ्नो शिर बनाउँदै बहेको चेपेनदीलाई पनि आफुमा समाहित गर्दै मस्र्याङदी नदी स्वयं मुग्लिन पुगेपछि आफै त्रिशुलीमा मिसिंदै अन्ततः सेती त्रिशुली दोभान घुमाउनेघाट र गाइघाटको बीचको समुन्द्र सतहदेखि करिव करिव २१३.४ मिटरको उचाइमा रहेको सुमेरु–दोभान पवित्र भूमि बन्न पुगेको हो। उही पवित्र भूमिमा अहिल्या, तारा, द्रौपदी, कुन्ती र मन्दोदरी यहाँ आइ तपस्या गरेर यही बसेका हुन् ।

अन्ततः सेती र त्रिशुली नदीको मिलन पछि त्रिशुली र सेतीनदीलाई भागिरथी र काली गण्डकीसंगको मिलन पछि सोही नदीलाई नारायणी भनेर चिनिन्छ। दामोदर कुण्डबाट बग्दै आउने काली गण्डकीको अमृतरुपि जल त्रिशुली नदीसंग देवघाटमा मिसिन पुग्दा देवघाट देवताहरुको पनि स्नान गर्ने स्थलको रुपमा महापवित्र भूमि बन्न पुगेको हो । योगि नरहरिनाथ रचित देवभूमि भारत एवं आध्यात्मिक नेपालमा उहाँले त्रिशुली सेतीनदीको संगम घुमाउने घाट र कामधेनु गाइको विषयमा यसरी व्यक्त गर्नु भएको पाइन्छ ।
तस्य शैलस्य शिखरत क्षीधार नरेश्वर। विश्वरुपा परिमिता भीमनिहादनीः स्वना ।।
हेÛ राजन त्यस पर्वतको शिखरबाट ठूलोआवाज निकाल्दै दूध जस्तो सेतो जलधाराले सबैतिर ढाकी प्रलय व्याप्त भइ ठूलो ध्वनी उत्पन्न गरेको थियो ।

पूण्या पूण्येतामेजुष्टाँ गंगा भागिरथी शुभा। पालवन्तीय प्रवेगेन ह्रदे चन्द्रमसःशुभे ।।

अन्नापूर्ण, मनासलु र बौद्ध हिमालदेखि अमृतरुपि दुग्धसागरबाट ठूलो बेगका साथ यस धरतीमा प्रवाहित भएर बहेका शुक्ला, मस्र्याङ्दी र त्रिशुली नदीहरुको दोभान घुमाउने घाटमा एकआपसमा मिलन भएपछि पवित्र र पूण्य प्रदान गर्ने प्रीय जलाधारलाई भागिरथी नदी भनेर संवोधन गरिन्छ ।
त्रिशुली -शुक्लयो सङ्गे तुङगे श्रृंगे गिरेरिह।
कामधेनु गुहा रम्या नन्दिन्याऽधिष्ठिता पुरा ।।४१

त्रिशुली गण्डकी र शुक्ला गण्डकीको संगम स्थलमा अवस्थित सुमेरु पर्वतको अग्लो चुचुरो वरपरमा प्र्रचीन सुन्दर कामधेनु गुफा रहेको छ जहा कामधेनुको छोरी नन्दिनी बसेकी थिइन ।
दिलीपो यत्र राजर्षि नन्दिनी– रक्षणेत्सुकः। कुम्भोदरपुरश्चक्रे स्वदेहं सदयःस्वतः। ४२।।

कामधेनु गुफामा जलधडाले नन्दिनीको विमोचन गर्नका लागि अयोध्या नरेश राजर्षि दिलिप महाराज स्वयंले नन्दिनीको सेवामा आफ््नो शरिरै अर्पण गरेका थिए्।

कामधेनु गाइ, घुमाउने घाट र गाइघाटको प्रसङ्ग

पौराणिक कथा अनुसार स्वर्गमा बस्ने इच्छाअनुस।रको फल दिनेलाई कामधेनु गाइ भनिन्छ जस्लाई सुरभी नामले पनि पुकारिन्छ । हिन्दुधर्मका पुराण अनुसार कामधेनु गाईको उत्पति समुन्द्र मन्थनबाट भएको मानिन्छ। पौराणिक ग्रन्थहरु अनुसार एक पटक स्वर्गका देवता र राक्षसहरु मिलेर घुमाउने घाटको आडैमा रहेको सुमेरुपर्वतको मदनी र वासुकी नागको नेतीका माध्यमले क्षीरसमुन्द्र -दुग्धसागर)को मन्थन गर्दा सर्वप्रथम हलाहल विष, कामधेनु गाई उच्चैश्रवा घोडा, ऐरावत हात्ति, कौस्तुभमणि, कल्पवृक्ष, रम्भा, अप्सरा, देवी लक्ष्मी, वारुणी -मदिरा) चन्द्रमा, पारिजात वृक्ष, पाञ्चजन्य शंख, धन्वन्तरी र अमृत लगायतका सामुन्द्रिक रत्नहरु प्राप्त भएका हुन् । प्राप्त रत्नहरु पृथ्वी समेत दग्ध हुने हलाहल विष उत्पति हुन पुग्यो । समुन्द्र मन्थनका समयममा निस्किएको हलाहल विष जब भगवान शङ्करले पिउनु भयो तत् पश्चात देवता दानव सबैमा खुसीको खुसीको उन्माद र रौनकता थपियो । उनीहरु प्रशन्न भइ पुनः नयाँ उत्साहका साथ समुन्द्र मन्थनमा तल्लिन रहे। समुन्द्र मन्थनको दोश्रो कोसेली स्वरुप कामधेनु गाई प्रकट भएको विषयमा भागवतको श्लोक भन्दछ ।
पीते परे वृषाङ्केण प्रीतास्तेऽमदानवा। मन्मथुस्तरसा सिंधुहवि धोनी ततोऽभवत ।।८।८।१।।

समुन्द्र मन्थनबाट प्राप्त भएको दोश्रो कोशेली कामधेनु गाई महर्षि वशिष्ठलाई सुम्पिएको थियो। महर्षि बशिष्ठको आश्राम पवित्र देवघाट धाममा भएकाले पनि देवघाट देखि छिम्केश्वरी पर्वतमालाको पेरीफेरी सम्मको विशाल भूभाग कामधेनु गाईको चरिचरन क्षेत्र पर्दथ्यो । समग्रमा कामधेनुगाइको पूजा गर्नाले मानव जातिको मनमा पलाएका नकरात्मक दोषहरु नष्ट भई आर्थिक सुख–समृद्धि, आत्मिक पवित्रता र आमाहरुको पालन पोषण गर्ने कला र व्यक्त प्रेमाभावलाई जनाउँने गर्दछ। समुन्द्र मन्थनको समयमा कामधेनुगाईको उत्पति हुँदाके अवस्थामा गाईका पछाडिको अङ्ग पुच्छर मयुरको प्वाँख र मध्यभागको शरीर निक्खर सेतो रङ्गमा पशुजन्य गाईको शरिर र अग्रभागको अङ्ग भने मानव आकृतिमा महिलाको शिर देखिएको थियो । क्षीरसागरबाट कामधेनुगाई धर्तीमा आउँदा विविध रत्नमालाहरुले सुसज्जित र जडित मुकुटमाला लगाइएको कथा प्रसङ्ग पुराणहरुमा वर्णित गरेको पाइन्छ।

कामधेनु गाईलाई समृद्धि, शुद्धता र आध्यात्मिक दिव्य स्वरुपको प्रतिनिधि मान्ने गरिएको छ। अनुग्रहको अर्को एककथा अनुसार कामधेनु गाई दक्षाप्रजापतिको डकारबाट उत्पति भएको प्रसङ्ग पनि पाइन्छ । पौराणिक कथा अनुसार सुनन्दा, सुरभी, सुमना, सुशिला र नन्दा समेत पाँचथरीका कामधेनु गाइहरु हुने धार्मिक विश्वास रहेको छ । वास्तवमा कामधेनु शब्द संस्कृतका दुइवटा शब्दहरुको संयोजनबाट बनेको शब्द हो । काम शब्दले इच्छा र धेनु शब्दले गाइ भन्ने बुझाउँछ । कामधेनु जो जससंग रहन्छ उस्ले आफ्नो सबै मनोङ्काँक्षाहरु पुरा गर्न सकेको वर्णन पुराणहरुमा भेटिन्छन् । मानिस, राक्षस तथा देवताहरुको हर मनोकामना पूर्ती गर्ने कामधेनु गाईका शरीरमा तेत्तिसकोटी देवीदेवताहरुको बासस्थान रहने विश्वास रहेको छ । समुन्द्र मन्थन गर्दा प्राप्त भएका अनेकौ रत्नहरु मध्ये कामधेनु गाइहरु वशिष्ठ, जमदग्नी लगायतका सप्त ऋषिहरुलाई प्रदान गरिएको थियो। कामधेनुलाई पृथ्वीमाताको अवतार पनि मान्ने गरिन्छ । कामधेनु गाईको पति कश्यप र छोरीको नाम नन्दिनी हो । एकपटक वशिष्ठको आश्रममा रहेको कामघेनु गाइ चर्दै चर्दै सेती त्रिशुली दोभान नजिकको सुमेरु पर्वतमा आइपुगिन् । छोरी नन्दिनीलाई कामधेनु गाइले सेती र त्रिशुलीको दोभानमा अवस्थित मन्दराचल नामक सुमेरु पर्वतको उच्च शिखर छिम्कालेखका पर्वत श्रङ्खलामा अवस्थित गुफामा राखेर आफु भने छिम्काकोलेखमा गइन ।

छिम्काकोलेखमा विराजमान भएकी बूढीभगवती रक्तबलि खाने बहिनीहरुको अनुहार हेर्न नसकेर २१३४ मिटर अग्लो छिम्केश्वरीका पर्वतको उच्च चुचुरोमा छाना बिनाको थानमा घोप्टो परेर आफूलाई बहिनीहरु भन्दा फरक स्वरुपमा प्रस्तुत गरेकी थिइन । हरेक दिन बूढीभगवतीको सेवा सुश्रुसामा टहलिनु र भगवतीको शिरमा दूधधारा अर्पण गर्नु उनै कामधेनुगाईको नित्य कामकर्तव्य भित्र पर्ने गर्दथ्यो । कुनै एकदिन अचानक हिमालमा हिमपातका साथ पहिरो जाँदा गण्डकी प्रसवण क्षेत्रका सेती, मादी, मस्र्याङ्दी, दोर्दी, चेपे, बूढीगण्डकी र त्रिशुली नदीहरुमा ठूलो जलप्रवाह हुन संभावना देखियो। अन्ततः सुमेरुपर्वत नै बगाउने गरी सबै गण्डकीहरुमा भयंकर बाढी आउनाले जलप्रलयको डर भयो । सुमेरुपर्वतको आसपासमै गण्डकीका सातै जलधाराहरु पानीमा घुमौरी पर्दै गयो । नदीमा पर्न गएको घुमौरीले सुमेरु पर्वत नै बगाउने लक्षण देखियो । सेती र त्रिशुलीको पानी तल तल नबगी सुुमेरु पर्वतलाइ नै घुमी घुमी बगेकाले यस स्थानलाई घुमाउनेघाट भनेर संवोधन गर्न थालियो ।

त्यही बेला गण्डकीमा भुमरी पर्दै सुमेरुपर्वत नै बगाउन लाग्दा गुफामा बसेकी कामधेनु गाईको छोरी नन्दिनीले छिम्केश्वरी पर्वतको शिखरमा पुगेकी आफ्नी आमाले पनि आफ्नो आवाज सुनुन भसन ठूलो स्वरमा आमा -हाँम्बा भनेर पुकारिन । कामधेनु गाइको छोरी नन्दिनीको सुमेरु पर्वतमा छिन भन्ने गण्डकीले महसुस गरेर गोसंरक्षण गर्नकै लागि त्रिशुली नदीले पूर्वतर्फ र सेतीमादी नदीले पश्चिमतर्फ आफ्नो मार्ग परिवर्तन गरी देवघाट तर्फ आफ्नो मार्ग अबलम्वन गरेको हुनाले यस स्थानलाई गाइघाट पनि भन्ने गरिएको किंवदन्ती सुन्नमा पाइन्छ। योगि नरहरिनाथले आफ्नो देवभूमि भारत एवं आध्यात्मिक नेपालको पहिलो भागको पुस्तकको गोघट्ट -गाइघाट) शिर्षकमा यस्तो कुरा प्रकाश पार्नु भएको छ ।
गोघट्टमत्र विख्यातं गोबृद्धिवरदं शिवम् । कालिका गण्डकी कुले कदली -वनमञ्जुले ।।४२।।

गो वंश बृद्धिका वरदानको हेतु मानिसहरु यहाँ आउने गर्दछन् । यही गाइघाटको पश्चिम दिशामा कालीगण्डकीको उभयकुलमा वनकदलीका मञ्जुल पाइने गर्दछ ।
स्थले स्थले गुहा भ्रान्ति सिद्धर्षि–मुनि सेविताः। रम्यं रामपुरं यत्र सीता -राम तपोवनं ।।४३।।

गाइघाटको पश्चिमको स्थानमा सिद्धर्षि मुनीहरुको तपस्या गर्ने प्रसस्त गुफाहरु रहेका छन् । काली गण्डकीको पश्चिम तटमा राम सीताको तपोवन रामपुर लगायतका विभिन्न तीर्थस्थलहरु रहेका छन् ।

अन्त्यमा,

छिम्केश्वरी बाहुन क्षत्री भन्दा पनि गुरुङ, मगर, तमाङ, चेपाङ, भूजेल लगायत विभिन्न जातिको रहन सहन सास्कृतिक सम्पदा एवं जीवन शैलीको अनुपम थलो हो। २१३ मिटरदेखि २१३४ मिटर उचाइसम्मको विधि प्राकृत्ति भूवनोटलाई कैद गर्दै छिम्केश्वरी पर्वतको सुन्दरतालाई ध्यान दिने हो भने दक्षिण तर्फको पाटोको घुमाउनेघाटदेखि छिम्केश्री चुचुरा र आँबुखैरेनीदेखि लाब्दीसम्म मोटर मार्ग र लाब्दीदेखि छिम्केश्वरी थुमसम्मकोमनोरम दृष्य अवलोकनका लागि मिनिट्रेन -क्अभलष्अ चबष्धिबथ प्राकृतिक दृश्य अवलोकन गर्नका लागि ट्रेन झैं लिगमा हिंड्ने सानो रेलको आकारको सवारी साधन ट्राम, क्अभलष्अ कपथधबथ क्अभलष्अ अबदभिधबथ, कअभलष्अ धबधिबथ जस्ता रोमाञ्चकारी यात्रा जन्य सवारी साधन व्यवस्थापन गर्न सकिएमा नेपालको यातायात क्षेत्रमा एउटा आयाम थपिने जाने देखिन्छ । जस्का कारण पनि छिम्केश्वरी आउने पर्यटकहरुको बृद्धि हुन गई एउटा नयाँ अभियानले मूर्त रुप पाउन सक्दथ्यो । सत्रसयबरादी देखि हिलेखर्क सम्मको मोटरमार्ग र बन्दिपुरबाट हिलेखर्कसम्म जाने मोटरमार्गको स्तरोन्नति भएमा छिम्केश्वरी पर्वतमालामा आन्तरिक तथा बाह्य पर्यटकहरुको अभिबृद्धि हुने कुरामा दुइमत नहोला । आँबुखैरेनी गाउँपालिकाको वडा नं. ५ स्थित घुमाउनेघाट, पक्की मोटरेबल पुल बनेमा यस क्षेत्रले अझ नयाँ फड्को मार्ने निश्चित नै छ ।

छिम्केश्वरी पञ्चकन्यको सर्किट जोड्नलाई अभियान चलाएमा समग्र आँबु गाउँ पालिकाका जनताहरुको आर्थिक जीवनस्तरअझ सक्षम र सुदृड बन्ने विश्वास गर्न सकिन्छ। अहिलेको परिवेशमा दमौली देखि घुमाउने घाटसम्म निर्माण हुँदै गइरहेको बुद्धसिंह राजमार्गको निर्माण कार्य धिमा गतीमा जानुले तनहुँको कछारभेग कहिले सम्म टुहुरो बन्ने हो सोचनीय विषय बन्न पुगेको छ । अर्कोतर्फ नारायणघाट देखि घुमाउनेघाट हुँदै तनहुँको दमौली, कास्की लमजुङ, स्याङ्जा पर्वत बाग्लुङ, म्याग्दी, रोल्पा, रुकुमसम्म जोड्ने मार्गको २६ किलोमिटर दुरी कम हुन जाँदा जनताले प्रत्यक्ष लाभ लिन पाउने कुरामा सबैको मतैक्य हुन्छ भन्ने वष्यमा हामी पूर्र्णत विश्वस्त रहेका छौं । अहिलेको परिवेशमा चितवन नारायणघाट जाने राजमार्गलाई जोड्ने मूलबिन्दु भनेकै घुमाउनेघाटमा विगत १० वर्ष देखि अलपत्र परेर त्रिशुली नदीमा नबनेको मोटरेबलपुल र बुद्धसिंह मार्ग नै प्रमुख विषय भएकोले यो राजमार्ग निर्माण कार्य सम्पन्न गर्न र यहाँको पर्यटन अभिबृद्धि गर्न पञ्चकन्या मन्दिरको जिर्णोद्धार गर्नलाई स्थानीयदेखि केन्द्र सरकारसम्म सबैको ध्यान पुगोस हाम्रो पनि यही सदिक्षा रहेको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker