सडक केन्द्र विन्दुबाट दायाँवायाँ २५ मिटर भित्रका संरचना हटाउन व्यास नगरपालिकाको अनुरोध

भञ्ज्याङ समाचारदाता/दमौली

पृथ्वीराजमार्ग अर्न्तर्गत दमौली बजार क्षेत्रको सडक खण्डको केन्द्र विन्दुबाट दायाँवायाँ २५ मिटर भित्रका संरचना हटाउन व्यास नगरपालिकाले सम्बन्धित घरजग्गा धनीहरुलाई अनुरोध गरेको छ ।

व्यास नगरपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले काठमाण्डौ-पोखरा अन्तर्गत पृथ्वी राजमार्गको आँबुखैरेनी-पोखरा सडक क्षेत्रको व्यास नगरपालिका भित्र सडक केन्द्र विन्दुबाट दायाँबायाँ २५ मिटर सडक क्षेत्र भई लागत कट्टा समेत भईसकेकाले सो सडक क्षेत्रभित्रका संरचनाहरु हर्टाई सडक निर्माण कार्यमा सहयोग पुर्‍याउन सम्बन्धित घरजग्गा धनीहरुलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

नगरप्रमुख बैकुण्ठ न्यौपानको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले तीनवटा कार्यविधिसमेत पारित गरेको छ । कार्यपालिका बैठकले व्यास नगरपालिका लोककल्याणकारी विज्ञापन वितरण सम्बन्धी कार्यविधि, २०८०, महिलासंग उप-प्रमुख कार्यक्रम सहयोग वितरण सम्बन्धी कार्यविधि, २०८०, करार कर्मचारीहरुको सेवा सुविधा सम्बन्धी कार्यविधि, २०७९, व्यास नगरपालिका अपाङ्गता सहयोग सञ्चालन कार्यविधि, २०८० कार्यविधि पारित गरेको हो ।

विश्व आदिवासी दिवसमा व्यास नगरपालिका र अन्तर्गतका अत्यावश्यक सेवा बाहेकका कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको कार्यपालिका बैठकले हाल डेंगु कन्जक्टिभाइटिस (आँखा पाक्ने), लम्पीस्कीनको प्रकोप भइरहेको र बाढी पहिरोको कारण विपदका घटनाहरु घट्न सक्ने हुँदा सम्पुर्ण नगरवासीमा सतर्क रहन र कुनै घटना भएमा तत्काल वडाध्यक्ष वा नगरपालिका सूचना केन्द्रमा जानकारी गराउन अनुरोध गरेको छ ।

यस्तै, कार्यपालिका बैठकले नगरपालिका भित्रका कक्षा ११, १२ अध्यापन गराउने सामुदायीक र संस्थागत विद्यालयहरुलाई अनिवार्य रुपमा १०% छात्रवृत्ति उपलब्ध गराउन संख्या एकीन गरी ७ दिन भित्र विवरण पठाउन निर्देशन दिने निर्णय गरेको छ ।

नगरपालिकाको विगत ६ वर्षमा भए गरेका विभिन्न शाखा अन्तर्गतका कार्यहरुको एकीकृत विकास परियोजनासंग तुलनात्मक अध्ययन गरी असोज मसान्त भित्र पुनरावलोकन प्रतिवेदन पेश गर्न कार्यालयलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ ।

नगरपालिका अन्तर्गतका भूमीहिन दलित, भूमीहिन सुकुम्बासीको वडा नं. १४ देखि क्रमश १ सम्मका निस्सा प्राप्त व्यक्तिहरुको घर, जग्गाहरुको प्रथम चरणमा २०८० भदौ १ गतेदेखि नापी कार्य प्रारम्भ गर्ने निर्णय भएको प्रवक्ता एवं वडाध्यक्ष जीवन गुरुङले जानकारी गराए ।

संघ, प्रदेश अन्तर्गतका योजनाहरु र आन्तरिक वजेट अन्तर्गतको वडा कार्यालय निर्माण गर्ने योजनाहरुको २०८० भाद्र भित्र टेण्डर गर्न सम्बन्धित शाखालाई निर्देशन दिने बैंठकले निर्णय गरेको छ ।

यस्तै, व्यास नगरपालिका भित्र सफासडक तर्फो पृथ्वी राजमार्गसंग जोडिएको नयाँ भवन निर्माण हुने सटर कबल बाहेकका नगरपालिकाका घर, सटर अन्तर्गत बस्ने वैंक एवं व्यवसायीहरुलाई यस अघिको भाडादर कायम गरी पाँच वर्षम्याद थप गर्ने निर्णय भएकाले सम्बन्धित शाखालाई सम्झौता प्रक्रिया अघि बढाउन निर्देशन दिने बैठकले निर्णय गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker