तनहुँ, दाङ र कास्कीका सिडिओलाई गृहमन्त्रीको फोन

गृहमन्त्री बालकृष्ण खाणले कास्की, तनहुँ र दाङका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर पहिरोले गरेको क्षतिबारे जानकारी लिएका छन् । कास्कीका सिडिओ थानेश्वर गौतम र तनहुँका सिडिओ सागर आचार्यलाई फोन गरेर गृहमन्त्रीले पहिरोले पुर्याएको क्षतिबारे जानकारी लिएका छन् । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसँग बिहान भएको कार दुर्घटनाबारे जानकारी लिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री खाणले प्राकृतिक विपतमा परेकाहरुको जीवनको रक्षाका लागि उपलब्ध स्रोत साधनको उपयोग गरेर काम गर्न निर्देशन दिएका छन् । तनहुँको भानु नगरपालिका–११ स्थित माने चौकामा सुख्खा पहिरो जाँदा दलित परिवारका १२ घर जोखिममा परेका छन् ।

कास्कीको पोखरा महानगरपालिका–२० र २१ मा गएको पहिरोमा परेर ५ जनाका पाँच जनाको निधन भएको छ । एक जना बेपत्ता भएका छन् । दाङमा सिस्ने खोलाले ३–०१–०२४ च ४४४० नम्बरको कार बगाउँदा घोराही उपमहानगरपालिका बस्ने बिमला केसी, राधा कुँवर, नितामाया पुन र सुशीला श्रेष्ठको निधन भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले मन्त्री खाणलाई जानकारी गराएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker