मादले कांक्रोको विऊ जमाउने तयारी

तनहुँको आँबुखैरेनी गाउँपालिका-५ स्थित छिम्केश्वरीका कृषकहरु स्थानीय जातको मादाले कांक्रोको विऊ जमाउनका लागि आवश्यक तयारी गर्दै । गाउँपालिकाको स्थानीय रैथाने बालि संरक्षण नीति अनुसार यो वडामा अर्गानिक खेती प्रवर्द्धन कार्यक्रम अगाडि बढाइएको छ ।

स्थानीय रैथाने जातको मादले कांक्रो संरक्षणका लागि पहिलो चरणमा नर्सरी व्यवस्थापन गरी नगदे बालिका रुपमा कांक्रो उत्पादन गर्न स्थानीय छिम्केश्वरी कृषक समुह लागि परेको छ ।

गाउँपालिकाले छिम्केश्वरीमा रायोको साग र मादले कांक्रोलाई नगदे बालीका रुपमा विकास गर्ने गरी कार्यक्रम अगाडि बढाएको छ ।

तस्विर : भञ्ज्याङ










