गीतल प्रतिष्ठानद्वारा स्रष्टाहरू सम्मानित

भञ्ज्याङ समाचारदाता (दमौली)

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको तर्फबाट कवि आत्माराम आचार्यले तनहुँको दमौलीमा विभिन्न स्रष्टाहरूलाई सम्मान गरेका छन् । २०७७ को क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार वरिष्ठ साहित्यकार प्रा.डा. वासुदेव त्रिपाठीलाई कार्यक्रमका प्रमुख अतिथि कवि आत्माराम आचार्यले प्रदान गरे ।

नेपाली भाषा, साहित्य र संस्कृतिमा पुर्‍याएको योगदानको कदर गर्दै डा त्रिपाठीलाई २५ हजार नगदसहित प्रमाणपत्र रहेको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार प्रदान गरिएको हो । यसैगरी मञ्चले २०७६ सालको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार एवं गीतकार स्वर्गीय रत्न शमशेर थापाका छोरा रवीन्द्र शमशेर थापालाई हस्तान्तरण गरेको छ ।

नेपाली गीतसङ्गीत र नेपाली वाङमयमा पुर्‍याएको योगदानको कदर गर्दै स्वर्गीय थापालाई १० हजार नगदसहित प्रमाणपत्रबाट सम्मान गरिएको मञ्चले जनाएको छ । त्यसैगरी २०७६ सालको गीतल राष्ट्रिय युवा पुरस्कार छन्द कवि सुदेश सत्याललाई प्रदान गरिएको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।

७ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्रले युवा कवि सत्याल सम्मानित हुनुभएको हो । त्यस्तै २०७६ सालको गीतल प्रतिभा पुरस्कार तनहुँकै लोक गायक वसन्त विश्वकर्मालाई प्रदान गरिएको छ भने गायक विश्वकर्मा ५ हजार नगद र प्रमाणपत्रसहित सम्मानित गरिएको प्रतिष्ठानले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker