युवाको उमेर १६ देखि ३५ वर्ष राख्नेबारे छलफल

रासस/काठमाडौं

नेपालमा युवाको उमेर घटाउने बारेमा छलफल भएको छ । अहिले युवाको उमेर १६ देखि ४० वर्ष मानिँदै आएकोमा अब युवा १६ देखि ३५ वर्ष कायम गर्नेमा छलफल भएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारी र विभिन्न सरोकारावाला निकायबीच युवाको उमेर पाँच वर्ष घटाउनेबारे छलफल सुरु भएको हो। “संयुक्त राष्ट्रसंघ र विश्वमा भएको अभ्यासका आधारमा नेपालमा पनि युवाको उमेर कम गर्ने भन्ने बारेमा छलफल सुरु भएको छ”, उहाँले भन्नुभयो, “१६ देखि ३५ वर्षबीचको उमेरलाई युवा भन्ने विषयमा छलफल भएको हो । चाँडै निष्कर्षमा पुग्छौँ ।”

राष्ट्रिय युवा परिषद् ऐन, २०७२ र राष्ट्रिय युवा नीति, २०७२ ले युवाको उमेर १६ देखि ४० वर्षको उमेर समूहलाई परिभाषित गरेको छ । संयुक्त राष्टसंघ र विश्व बैंकले युवाको उमेर १५ देखि २४ वर्षको उमेर समूहलाई युवा भनेर परिभाषित गरेको छ । कार्यकारी उपाध्यक्ष बस्नेतले अधिकांश देशमा युवाको उमेर ३५ वर्षसम्म राखिएकाले नेपालमा पनि १६ देखि ३५ वर्ष उमेर समूहलाई युवा भनेर परिभाषित गर्नुपर्ने सुझाव आएको बताउनुभयो ।

विभिन्न देशमा युवाको परिभाषा पनि फरक फरक रहेको छ । भारतमा १६ देखि २९ वर्ष, चीनमा १८ देखि ३५ वर्ष, बङ्गलादेश र फिलिपिन्समा १५ देखि ३० वर्ष, जर्मनीमा १४ देखि २६ वर्ष दक्षिण अफ्रिकामा १५ देखि २९ वर्षका उमेर समूहलाई युवाको रुपमा परिभाषित गरिएको छ ।

नेपालमा पनि सरकारका विभिन्न निकायमा युवा उमेर समूहबारे अझै एकरूपता कायम हुन नसकिरहेको छैन । ‘युथ भिजन-२०२५’ मा १६ देखि २४ वर्ष र २५ देखि ४० वर्षको उमेर समूहमा विभाजन गरी समूहगत प्राथमिकता निर्धारण गरिएको छ ।

युवाको जनसंख्या पनि बढ्यो

नेपालमा युवाको जनसंख्या बढेको छ । दश वर्षमा दुइ दशमलव २१ प्रतिशतले युवाको जनसङ्ख्या बढेको पाइएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार युवाको जनसङ्ख्या ४२ दशमलव ५६ प्रतिशत पुगेको छ । अर्थात् युवाको जनसंख्या एक करोड २४ लाख १२ हजार एक सय ७३ रहेको छ । यसभन्दा अघि विसं २०६८ को जनगणनामा युवाको जनसंख्या ४० दशमलव ३५ प्रतिशत अर्थात् एक करोड छ लाख ८९ हजार आठ सय ४२ रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker