विमलनगरस्थित चुनपहरामा ढुङ्गा लागेर एक्साभेटर चालकको मृत्यु

दमौली : तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा ढुङ्गा लागेर मंगलबार एक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–९ बस्ने ३९ वर्षीय सुकबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत चुनपहरामा सडक विस्तारका लागि खटिएको चिनियाँ कम्पनीका एक्साभेटर बिग्रिएर मर्मत गर्ने क्रममा सोही एक्साभेटरका चालक गुरुङलाई माथिबाट ढुङ्गाले लागेको थियो ।

ढुङ्गा लागेर घाइते उनलाई मोती मेडिकल हलमा प्रारम्भिक उपचार पश्चात् चितवन मेडिकल कलेज पठाइएकामा उनको अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker