तनहुँको दुलेगौंडामा गुडि रहेको बसमा आगलागी

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी-४ दुलेगौडा बजारमा विहिबार दिउँसो गुडिरहेको बसमा आगलागी भएको छ । अचानक आगलागी भएको स्थानीय मिनि बस ठुलो दुर्घट्नाबाट जोगिएको छ ।
गुडिरहेको बसबाट अचानाक धुँवाको मुस्लो निस्किए पनि आगलागी हुनबाट जोगिएको छ । बसको ब्याट्रि सट भएर धुवाँको मुस्लो निस्किएको इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ ।
धुँवाको कारण एकछिन दुलेगौँडा बजार नै ढाकिएको थियो । तत्कालै स्थानीयले अग्निनियन्त्रण उपकरण प्रयोग गरी आगालागी हुनबाट जोगाइएका थिए ।
दमौलीबाट पोखरातर्फ जादै गरेको ना५ख ६९११ नम्बरको स्थानीय बसबाट वनकेवाचोक नजिकै धुवाँ निस्केपछि बसमा सवार यात्रुहरु एकछिन हताहती भएका थिए । प्रहरीका अनुसार बसमा सामान्य क्षति भए पनि मानवीय क्षति भने भएको छैन् ।










