तनहुँमा एक लाख ३५ हजार जनालाई कोरोना विरुद्धको खोप

तनहुँमा हालसम्म एक लाख ३५ हजार ८२७ जनाले कोरोनाविरुद्धको खोप लगाइएको छन् । एक लाख ९५ हजार २९६ जनाले पहिलो मात्रको खोप लगाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

दश पालिकामध्ये सातवटा पालिकामा कोरोनामुक्त भएका कार्यालयका सूचना अधिकारी शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । कोरोनामुक्त हुने एक नगरपालिका र ६ गाउँपालिका रहेका छन् ।

भिमाद नगरपालिका, देवघाट, आँबुखैरेनी , म्याग्दे, घिरिङ र ऋषिङ गाउँपालिका कोरोनामुक्त भएको हुन् । व्यास नगरपालिकामा तीन र भानु र शुक्लागण्डकीमा एक÷एकजना गरी पाँचजना सक्रिय कोरोना सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले जानकारी दिनुभयो । जिल्लामा वैशाखदेखि हालसम्म १२९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker