डुम्रे–बेसीसहर सडक खण्ड : जोखिमपूर्ण यात्रा

डुम्रे–बेसीसहर सडक खण्डअन्तर्गत तनहुँको भानु नगरपालिकाको चाम्बासदेखि पाँच सय फाँट खण्डमा सडक विस्तारको काम गरिदा बुधबार परेको झरीले सडक हिलाम्य हुँदा जोखिमपूर्ण यात्रा गर्दै यात्रुहरु । दुई पाङ्ग्रे र साना सवारी साधानले यस खण्डमा जोखिमपूर्ण यात्रा गर्ने गरेका छन् ।

यस्तै, लमजुङ–तनहुँ जोड्ने मुख्य सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदीपुर पहिरो नीर सडकखण्ड कालोपत्रे गर्नका लागि तीन दिनसम्म सडक बन्द गरिएको छ । सो स्थानमा विसं २०७८ असार १ गते र २०७८ साउन ११ गते गएको पहिरोले सडक बगाएको थियो ।

सडक रोकथामको लागि संघीय सरकारले ११ करोड १९ लाख बजेटमा रोकथाम कार्य तथा सो स्थानमा ४०० मिटर जति सडक कालोपत्रे गरिएको हो ।

डुम्रे–बेँसीसहर–चामे सडक आयोजना प्रमुख सतीश सुवेदीका अनुसार यस सडकमा कालोपत्रे गर्नको लागि काम भइरहेको र पहिरो रोकथाम कार्य हालसम्म करिब ८५ प्रतिशत सम्पन्न भएको छ ।

तस्विर : भञ्ज्याङ










