राप्रपा तनहुँको प्रदेश अध्यक्ष चयन
भञ्ज्याङ समाचारदाता/दमौली

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँले प्रदेश निर्वाचन क्षेत्र नं. १ क र ख का साथै निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय पदाधिकारीहरु चयन गरेको छ । राप्रपा तनहुँको क्षेत्री अध्यक्षमा दुर्गाबहादुर गुरुङ, निर्वाचन क्षेत्र नं. १ कको प्रदेश अध्यक्ष तीर्थराज पौडेल र ख को प्रदेश अध्यक्षमा दुर्गाबहादुर पन्थ चयन गरिएको बताइएको छ ।
प्रदेश र क्षेत्रीय भेला पश्चान निर्वाचन संयोजक प्रेमबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकमा राप्रपा उच्चस्तरीय कार्य सम्पादन समिति सदस्यहरु राजेन्द्रबहादुर अधिकारी, दुर्गा श्रेष्ठ, केस गौमाया श्रेष्ठ, जिल्ला अध्यक्ष विनोद घर्ती, क्षेत्रीय, प्रदेश, पालिकाका पार्टीअध्यक्षहरुको सहभागिता रहेको बताइएको छ ।
उक्त बैठकले भदौ ३१ गते वरिष्ठ नेता एवं पूर्व मन्त्री बिक्रम पाण्डेको उपस्थितिमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । राप्रपा तनहुँको नेतृत्वका लागि विनोदकुमार घर्ती, कृष्ण पौडेल, सिता थापा र गिरीबहादुर परियार लगायत आकांक्षी रहेको पार्टीले जनाएको छ।










