रक्तदानमा १०४ पिन्ट रगत संकलन
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा ५९औं जुनियर युवा रेडक्रस दिवसका अवसरमा गरिएको रक्तदान कार्यक्रममा १०४ पिन्ट रगत संकलन भएको छ ।
युवा रेडक्रस र्सकल आदिकवि भानुभक्त क्याम्पसले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोर्साईटीका केन्द्रीय सदस्य तथा जिल्ला सभापति प्रा. डा. कृष्णप्रसाद गौतमले रगतको विकल्प नभएकाले सबैमा रक्तदान गर्न अपिल गरे ।
युवा रेडक्रस र्सकल आदिकविका अध्यक्ष सुमन खड्का अध्यक्षतामा आयोजित कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, नेरेसो गण्डकी प्रदेश महासचिव रामदक्त पौडेल, क्याम्पस प्रमुख महाप्रसाद हड्खले लगायतले रक्तदानको महत्वका विषयमा चर्चा गरेका थिए ।










