तनहुँ घाँसीकुवा बस दुर्घटना अपडेट : २ यात्रुको मृत्यु चालक सहित ३४ जना घाइते (घाइतेको नामावलीसहित)

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका १२ घाँसीकुवामा आज बिहान करिब ५:४५ बजेको समयमा भएको यात्रुबहाक बस दुर्घटनामा परि २ जना यात्रुको मृत्यु भएको छ । उक्त दुर्घटनामा परि चालक सहित ३४ जना घाइते भएका छन् ।

धरानबाट पोखरातर्फआउँदै गरेको ग१ख ७८९५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी गराए ।

उक्त दुर्घटनामा परी घाइते धनकुटा सागुरीगढी गाउँपालिका वडा नं. ९ बस्ने वर्ष ४५ का हस्त राइको उपचारको क्रममा दमौली स्थित रत्नहरी मेमोरियल अस्पतालमा र हालसम्म स्थायी वतन नखुलेका वर्ष अन्दाजी ५०/५५ का टोप बहादुर मगरको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक खाँणले बताए ।

उनका अनुसार अन्य घाइतेहरुको दमौलीका विभिन्न अस्पताल र पोखरामा उपचार भईरहेको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

तनहुँ प्रहरीले उपलब्ध गराएको दुर्घटनामा परी घाइते हुनेको विवरण

दमौली अस्पतालमा उपचार भईरहेका घाइतेहरु :

१) जिल्ला धनकुटा सागुरीगढी गा.पा. वडा नं. ८ बस्ने वर्ष२८ को बिक्रम राइ
२) जि. ताप्लेजुङ याङबरक गा.पा.वडा नं. ६ बस्ने वर्ष२६ को सचिन्द्र लिम्बु
३) जिल्ला धनकुटा सागुरी गा.पा. वडा नं.७ बस्ने वर्ष४२ को राम प्र.राइ
४) ऐ.ऐ. वडा नं. ९ बस्ने वर्ष२८ को बोगिन्द्र राइ
५) ऐ.ऐ. वडा नं. ७ बस्ने वर्ष४५ को टिकाराज राइ

मणिपाल शिक्षण अस्पताल पोखरा रिफर भएका घाइतेहरु

१) जिल्ला धनकुटा सागुरीगढी गा.पा.वडा नं. ९ बस्ने वर्ष३८ को सन्तोष कुमार राइ ।
२) जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.३१ बस्ने वर्ष४१ को भोज राज सुनार
३) जिल्ला धनकुटा सागुरीगढी गा.पा. वडा नं. ८ बस्ने वर्ष४८ को जुनार सिंह राइ
४) ऐ.ऐ. वडा नं. ७ बस्ने वर्ष४४ को तिर्थ बहादुर राइ
५) जिल्ला धनकुटा सागुरी गा.पा.-७ बस्ने वर्ष५० को लक्षु राइ
६) सह-चालक जिल्ला कास्की पो.म.न.पा.-१५ बस्ने वर्ष३० को अजित परियार
७) जिल्ला सप्तरी महादेब गा.पा.वडा नं. ६ बस्ने वर्ष२५ को शम्भु यादब ।
८) बस चालक जिल्ला प्युठान सरुमहारानी गा.पा.वडा नं. ५ बस्ने वर्ष२३ को होम लाल पल्ली मगर ।
९) जिल्ला धनकुटा सागुरी गा.पा. वडा नं.७ वर्ष४५ को हरिशचन्द्र राइ ।

रत्नहरी मेमोरियल अस्पताल तनहुँमा उपचार भईरहेका र्घाईतेहरु

१) जिल्ला धनकुटा साबरी गा.पा.वडा नं. ७ बस्ने वर्ष३० को हमाल प्रसाद राइ
२) ऐ.ऐ. बस्ने बर्ष २९ को संदिप राइ
३) ऐ.ऐ. वडा नं. ७ बस्ने वर्ष ३५ को लखमन राइ
४) जिल्ला मोरङ बिराटनगर म.न.पा.-४ बस्ने वर्ष२६ को आशिष शर्मा

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker