तनहुँ समाज हङकङ र तनहुँ समाज अष्ट्रेलियाद्वारा पिसिआर प्रयोगशालाका लागि आर्थिक सहयोग

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाको सक्रियतामा स्थापनाको तयारीमा रहेको पिसिआर परिक्षण प्रयोगशालाको पुर्वाधार निर्माणका लागि तनहुँ समाज हङकङ र तनहुँ समाज अष्टेलियाको सहयोग प्राप्त भएको छ । व्यास-१० दुम्सी बजार स्थित आधारभुत स्वास्थ्य केन्द्रमा निर्माणाधीन प्रयोगशालाको लागि समाजको तर्फबाट ४ लाख नगद सहयोग प्राप्त भएको हो । प्रयोगशालाको लागि तनहुँ समाज हङकङबाट रु २ लाख र तनहुँ समाज अष्टेलियाबाट २ लाख सहयोग प्राप्त भएको व्यास नगरपालिकाले जनाएको छ ।

हङकंङमा रहेका समाजका पदाधिकारीको पहलमा उक्त रकम संकलन गरिएको समाजका अध्यक्ष प्रेम गुरुङले जानकारी दिए । यस्तै अष्ट्रेलिया स्थित समाजका अध्यक्ष दिनेश खनाल, महासचिव सुर्य खनाल र किरण खनाल लगायतको पहलमा उक्त रकम संकलन गरिएको अध्यक्ष खनालले बताए ।

तनहुँ समाज हङकङको तर्फबाट समाजका पूर्व अध्यक्ष भिमराज गुरुङले नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई सहयोग रकम हस्तान्तरण गरेका छन । तनहुँ समाज अष्ट्रेलियाको तर्फबाट सत्यप्रसाद खनालले न्यौपानेलाई सहयोग रकम हस्तान्तरण गरे । सो अबसरमा बोल्दै नगर प्रमुख वैकुण्ठ न्यौपानेले जिल्ला बासीलाई सुरक्षीत गर्ने अभियानमा तनहुँका १० वटै स्थानीय तह सकृय रहेको उल्लेख गर्दै सोहि अनुरुप पिसिआर ल्याब स्थापना गर्ने अभियान अगाडि बढेको बताए ।

विदेशको भुमिमा मेहनत गरेर त्यसको प्रतिफललाई आफ्नो जन्मभुमिमा सहयोग गरेर हङकङ र अष्ट्रेलियाको तनहुँ समाजले प्रशंसनीय कार्य गरेकोमा नगर प्रमुख न्यौपानेले धन्यवाद ज्ञापन गरे । रकम हस्तान्तरण गर्दै तनहुँ समाज हङकङका पुर्व अध्यक्ष भिमराज गुरुङले समाजले विगत १ दशकदेखि तनहुँको सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको चर्चा गर्दै पिसिआर ल्याबका लागि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

जिल्लाभर संक्रमण बढी रहेको र पिसिआर परिक्षणको नतिजा ढिलो गरी प्राप्त भएको अवस्थामा जिल्ला भित्रै पिसिआर परिक्षण गर्न सबैका लागि सहज होस् भन्ने उदेश्यका साथ व्यास नगरपालिकाको पहलमा तनहुँमै पिसिआर प्रयोगशाला स्थापना गर्न लागिएको हो।

यस्तै, पिसिआर ल्याबको सहयोगका लागि तनहुँ समाज हङकङका पुर्व अध्यक्ष भिमराज गुरुङले समेत सहयोग गरेका छन् । उनले नगरप्रमुख न्यौपानेलाई १५ हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराएका हुन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker