प्रति हजार मतगणना गर्दा १२ प्रतिशत बढि मत बदर

भञ्ज्याङ समाचारदाता/दमौली

स्थानीय तह सदस्य निर्वाचनको मतगणना अहिले जारी छ । तनहुँको चार नगरपालिका र छ गाउँपालिका गरी १० पालिका मध्ये अहिले व्यास नगरपालिका बाहेकका पालिकाहरुमा मतगणना चलिरहेको छ । जिल्लाका ८५ वडा मध्ये यो समाचार तयार गर्दाको समयसम्म २३ वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएका छन् । यस्तै, नौ वटै पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्षहरुको प्रारम्भिक मतपरिणमहरु पनि सार्वजनिक भइरहेका छन् ।

सार्वजनिक मतमरिणमसंगै बदर मतको दर पनि बढेको छ । प्रारम्भिक मत परिणमको प्रति हजार मतमा १२ प्रतिशत बढि मत बदर भएको भेट्टएिको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा आइतबार साँझसम्म भएको ६ हजार ९९० मतगणनामा प्रमुख पदमा ५८४ र उपप्रमुखमा एक हजार ४८२ मत बदर भएको छ । मत बदुरको अवस्थालाई हर्ेदा कतै चिन्हमा छाप नै नलगाएको र कतै उम्मेद्वार नै नभएको चिन्हमा छाप लगाउदा मत बदर भएको भेटिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।

शुक्लागण्डकीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच गठबन्धन भएको छ । कांग्रेसबाट मेयर र माओवादी केन्द्रबाट उपमेयरमा उम्मेदवारी दिएका छन् । यहि गठबन्धनका कारण पनि मत बदर बढि हुन पुगेको निर्वाचन अधिकृत सरिता रायामाझिले बताइन् । उनले भनिन्, ‘रुख चिन्हको उपप्रमुखको उम्मेद्वार नभएपनि मत आएको छ र यसलाई बदर मतमा गनिएको छ ।’ ‘उम्मेद्वारनै नभएको चिन्हमा छाप, कुनै मतपत्र छापबिनै आएको, कुनै मतपत्रमा औठाछाप लगाइएको र कुनैमा डबल छाप हानिएको छ’, उनले भनिन्, ‘यी कारणले मत बदर बढि देखिएको छ ।’

यस्तै भानु नगरपालिकामा पनि उम्मेद्वार नै नभएको चिन्हमा मतदाताले मत हालेका छन् । सहायक निर्वाचन अधिकृत हरिश्चन्द्र गौतमका अनुसार २ हजार ७५० मतगणना गर्दा उम्मेद्वार नै नभएको सूर्य चिन्हको उपाध्यक्षमा ३०९, कलम चिन्हको प्रमुखमा ५ र कैची चिन्हको प्रमुखमा ९ भोट खसेको छ । यी भोट बदरमा गणना भएका छन् ।

भानुमा नेकपा एमाले र जोशी समूहबिच चुनावी तालमेल गरिएको छ । एमालेबाट प्रमुख र जोशी समूहबाट उपप्रमुखमा उम्मेद्वारी दिएका छन् । कैची जोशी समूहको चुनावी चिन्ह हो । यस्तै, आँबुखैरेनी गाउँपालिका-२ मा एक हजार मतगणना हुँदा अध्यक्षमा १२१ र उपाध्यक्षमा १६२ मत बदर भएको छ ।

ऋषिङ गाउँपालिकाको वडा नम्बर १ मा एक हजार ८३६ मतगणना हुँदा अध्यक्षमा २३४ र उपाध्यक्षमा २१७ मत बदर भएको छ । ठुलो मतपत्र र धेरै चुनाव चिन्हका कारण मतदाता झुक्किन पुगेको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकाल बताउँछन्। उनले भने, ‘मतपत्रमा भएका धेरै चुनाव चिन्ह र पालिकाअनुसर राजनीतिक दलका गठबन्धनले गर्दा पनि मत बदर बढि देखिएको छ ।’

‘२०७४ सालको निर्वाचनमा राजनीतिक दल एकल चुनावमा होमिएका थिए र त्यो समय मतदाता शिक्षा पनि थियो’, उनले भने, ‘अहिले चिन्ह आ-आफ्नो तर गठबन्धन गरी चुनावमा होमिएका छन् । एउटै चिन्हमा मत हाल्न बानी परेकाले उम्मेद्वार नभएको चिन्हमा पनि मत हाल्न पुगे ।’ निर्वाचन आयोगले मतदाता शिक्षा नदिदा र राजनीतिक दलका उम्मेदवारहरु पनि भोट माग्ने तर मत कसरी हाल्ने, गठबन्धनका दलहरुले कुन ठाउँमा उम्मेद्वार छैन भनेर मतदाताहरुलाई राम्ररी नसिकाउँदा पनि मत बदर भएको देखिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker