‘स्वच्छ बुल्दी अभियान’ सुरु

तनहुँको सदरमुकाम दमौलीस्थित बुल्दी खोलालाई स्वच्छ राख्न ‘स्वच्छ बुल्दी अभियान’ सुरुआत भएको छ । व्यास नगरपालिका क्षेत्रमा रहेको बुल्दी खोलालाई सफा र स्वच्छ राख्न रोट¥याक्ट क्लब अफ दमौली र रोटरी क्लब दमौलीले सो अभियान सुरु गरेका हुन् ।

सामाजिक उत्तरदायित्व बहन गर्दै क्लबले उक्त अभियान सुरु गरेको क्लबका अध्यक्ष सुशान्त अधिकारीले जानकारी दिनुभयो । संविधान दिवसको अवसर पारेर क्लबले आइतबारदेखि उक्त अभियान शुभारम्भ गरेको हो । “संविधान जारी भएर हरेक नागरिकको हकअधिकार प्राप्त भए पनि सबैले आफ्नो कर्तव्य र दायित्वलाई आत्मसात् गर्नुपर्छ”, उहाँले भन्नुभयो, “आफ्नो सहर र प्राकृतिक स्रोतको संरक्षण गर्न एउटा अभियान थालेका हौँ ।” उहाँका अनुसार प्रत्येक महिनाको दुई शनिबार बुल्दी सफाइ अभियान सञ्चालन गरिनेछ । यसका लागि विभिन्न सङ्घसंस्थासँग समन्वय गरिने उहाँले जानकारी दिनुभयो ।

रोटरी क्लब दमौलीका अध्यक्ष दिनेशकुमार श्रेष्ठले वातावरण संरक्षणका लागि रोटरी इन्टरनेशनलको मूल नारा रहेकाले यो अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्नुभएको छ । क्लबले बुल्दी सफाइ अभियानसँगै बुल्दीको इतिहास र यसको सम्पदा रक्षाका लागि पनि आवाज उठाउने बताएको छ । अभियान शुभारम्भको अवसरमा व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) का सेनाले सहयोग पु¥याएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker