पशुधन बीमाको फाइदा लिन कृषकलाई आग्रह

तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पशुधन बीमाको फाइदा लिन कृषकलाई आग्रह गरेका छन्। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड डुम्रे शाखाले बुधबार आँबुखैरेनी-४ मा आयोजना गरेको सचेतना कार्यक्रममा चुमानले गाउँपालिकाले उपलब्ध गराएको पशुधन बीमाको अनुदानको फाइदा लिन कृषकलाई आग्रह गरेका हुन्।

आफू सधैं कृषकको पक्षमा रहेको र आगामी बजेटमा कृषि व्यवसाय गरिरहेका र गाउँ गाउँका कृषकलाई गाउँपालिकाले कस्तो योजना बजेट ल्याइदिए हुन्थ्यो भन्ने कुराको जानकारी आफूलाई गराइदिए त्यसले कृषकलाई झन फाइदा पुग्ने बताए ।

गाउँपालिकाबाट नेपाल सरकारले उपलब्ध गराएको ८० प्रतिशत अनुदान बाहेक बाँकी २० प्रतिशत अनुदान गाउँपालिकाले किसानलाई उपलब्ध गराउँदै आएको उनको भनाइ थियो । कार्यवाहक वडा अध्यक्ष प्रेम बहादुर गुरुङले बीमा अहिलेको समयमा अति आवश्यक भएकाले सबै कृषकले बीमा गर्नुपर्ने बताए ।

गाउँपालिकाका पशु सेवा शाखाका डा. सन्तोष देवकोटाले पशुधन बीमा गर्न प्राविधिकको भूमिका एवं पशुलाई खोप अनिवार्य गर्न कृषक व्यवसायीलाई सुझाव दिए । कार्यक्रममा वडाभित्रका स्थानीयवासिन्दा, कृषक, व्यवसायी तथा अन्य सरोकारवाला गरी ६० जनाको उपस्थिति रहेको वडा सचिव शिखरलाल डोटेलले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker