तनहुँको वेलचौतारामा चौथो शुक्लागण्डकी महोत्सव–२०८१ शुरु (फोटोफिचरसहित)

दुलेगौंडा : शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा स्थित भानुभक्त बहुमुखी क्याम्पसको खेल मैदानमा शुक्रबारदेखि चौथो शुक्लागण्डकी महोत्सव सञ्चालन गरेको छ ।
साँस्कृतिक झाँकी सहित आयोजित महोत्सवको शुभारम्भ गर्दै पूर्व मन्त्री एवं तनहुँ क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य शंकर भण्डारीले महोत्सवले यस क्षेत्रको प्रचार प्रसारका साथै अर्थतन्त्र चलायमान बनाउन महत्पूर्ण भूमिका खेल्ने बताए ।
शुक्लागण्डकी क्षेत्र हरेक दृष्टिले सम्भावनायुक्त भएको चर्चा गर्दै उनले भने, ‘समृद्ध शुक्लागण्डकी निर्माणकालागि सबै पक्षको साथ र सहयोग आवश्यक हुन्छ । जनताका गुनासा एकै पटक सम्बोधन गर्न नसकिने र क्रमशः गर्दै जानुपर्दछ ।’
गण्डकी प्रदेश सभा सदस्य जितप्रकाश आले र श्यामराजा महतले प्रदेश सरकारले सञ्चालन गरेका पूर्वाधार योजनालाई समयमै सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराइरहेको बताए ।
महोत्सवका मुल संयोजक एवं संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा शुक्लागण्डकी नगरापालिकाका नगर प्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुम बहादुर विक राजु, शुक्लागण्डकी नगरपालिका वडा नंं ५ का अध्यक्ष दीर्घ बहादुर थापा, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष अमृत भट्टचन, भानुभक्त बहुमुखी क्याम्पसका अध्यक्ष दुर्गा कुमार श्रेष्ठ, स्थानीय यातायात प्रालिका अध्यक्ष केदार पौडेल, नेपाल आदिवासी जनजाति महासंघ शुक्लागण्डकी नगर समन्वय परिषदका अध्यक्ष तुलसी कुमारी श्रेष्ठ, महोत्सवका निर्देशक एवं संघका निवर्तमान अध्यक्ष विमल प्रसाद रिमाल, महासचिव सुजन श्रेष्ठ, उपमहासचिव विर्सना श्रेष्ठ लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
यस्तै, महोत्सव उद्घाटनपूर्व मिलडाँडा र दुलेगौंडाबाट झाँकीसहितको ¥याली प्रदर्शन गरिएको थियो । फागुन २० गतेसम्म सञ्चालन हुने महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था लगायत कुल १७५ स्टल समावश गरिएको संघका महासचिव एवं प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रा, खानाका परिकार, पुष्प प्रदर्शनी तथा बिक्री, दैनिक उपभोग्य बस्तुको प्रदर्शनी एवं बिक्री, हस्तकलाका सामान बिक्री तथा प्रदर्शनीलाई समावेश गरिएकोे छ ।
यस्तै, महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
महोत्सव अवधिभर २ लाख दर्शकको सहभागिता र करिव ५ करोड रुपैयाको आर्थिक कारोवार हुने अनुमान गरिएको आर्थिक संयोजक कमल गैह्रेले जानकारी गराए ।
महोत्सवमा शनिवार चर्चित लोकदोहोरी गायक राजन कार्की, सरस्वती लामिछाने, लक्ष्मी बानीया, हास्य कलाकार नवराज काप्रि ‘भाले’ लगायतको प्रस्तुती रहने कलाकार व्यवस्थापन समिति संयोजक सुमन सापकोटाले जानकारी दिए ।
तस्विर : नारायण खड्का/भञ्ज्याङ
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker