७७ प्रतिशत एचआइभी सङ्क्रमित मात्रै उपचारको दायरामा

काठमाडौँ : पछिल्लो एक तथ्याङ्कले नेपालमा अनुमानित कूल एचआइभी सङ्क्रमितमध्ये ७७ प्रतिशत मात्र एन्टिरेट्रोभाइरल (एआरभी) उपचारमा रहेको देखाएको छ ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हरेक दिन एक दशमलव सात जना व्यक्तिमा एचआइभी सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी, सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३३७ व्यक्तिमा एचआइभी सङ्क्रमण भएको अनुमान छ । वयस्क जनसङ्ख्यामा शून्य दशमलव १३ प्रतिशत सङ्क्रमण(प्रिभ्यालेन्स दर) रहेको छ ।

केन्द्रले सार्वजनिक गरेको ‘एचआइभी फ्याक्ट सिट २०२५’का अनुसार सन् २०२४ को अन्त्यसम्ममा नेपालमा २६ हजार ३७२ सङ्क्रमितहरुले एन्टिरेट्रोभाइरल (एआरभी) उपचार लिइरहेका छन् र अनुमानित कूल एचआइभीको सङ्क्रमितमध्ये ७७ प्रतिशत एआरभी उपचारररत छन् ।

सन् २०२४ मा ६१४ व्यक्तिमा एचआइभीको नयाँ सङ्क्रमण भएको अनुमान गरिएको छ भने ५६९ व्यक्तिहरुको एड्सका कारणले मत्यु भएको अनुमान गरिएको छ । सो वर्षमा ३७ बच्चामा (०–१४ वर्ष) नयाँ सङ्क्रमण भएको अनुमान गरिएको छ ।

नेपालमा एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेका समूहहरु सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मीहरु, कारागारमा रहेका कैदी बन्दीहरु, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी र रोजगारीका लागि विदेशीनेहरु छन् ।

नेपालमा सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यलाई हासिल गर्न ९५ः९५ अर्थात् ९५ प्रतिशत एचआइभी सङ्क्रमितले आफ्नो सङ्क्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून हुनुपर्ने भनिएको छ ।

सरकारले हाल ६४ जिल्लाका ९६ एआरटी केन्द्रहरुबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध गराउँदै आएको छ । देशका सबै जिल्लामा आमाबाट बच्चामा हुन सङ्क्रमण रोकथाम (पिएमटीसिटी) सेवा, पिएमटीसिटी कार्यक्रमा सञ्चालनमा छ जसअन्तर्गत स्वास्थ्य संस्थामा गर्भवतीमा एचआइभी निःशुल्क जाँच सुविधा छ ।

विश्वमा एड्सको अवस्था सन् २०२४ को अन्त्यसम्म संसारमा चार करोड आठ लाख व्यक्तिमा एचआइभी असङ्क्रमण रहेको अनुमान छ । विश्वमा हरेक दिन तीन हजार ६०० मानिस एचआइभी सङ्क्रमित हुने गरेका छन् । यस वर्ष ‘अवरोध पार गरौँ, एड्स प्रतिकार्य रुपान्तरण गरौँ’ भन्ने नाराका साथ ३८औँ विश्व एड्स दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाइन्छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker