डुम्रे भन्सार साना शहर विकासले बन्दिपुरको पिप्लेमा गरेको कालोपत्रे एक महिनामै उप्कियो

तनहुँको भानु नगरपालिका–१ स्थित डुम्रे भन्सार साना शहर विकास आयोजनाले बन्दिपुर–१ स्थित पिप्ले क्षेत्रमा गरेको कालोपत्र एक महिना नबित्दै उप्किएको छ । आयोजनाले बन्दिपुर गाउँपालिका–१ पिप्लेदेखि खेलमैदान हुँदै गुरुङटार जाने सडक मार्गमा गरेको कालोपत्र उप्किएको हो ।

सङ्घीय सरकारको रु दुई करोड बजेटमा ठेकेदार कम्पनीले रु एक करोड २९ लाखमा सम्झौता गरी कालोपत्र तथा ढलान कार्य गरेको हो। कालोपत्र गर्ने समयमा राम्रोसँग गर्न भनी स्थानीयवासीले पटकपटक घच्घचाए पनि खासै चासो नदिँदा यो समस्या आएको गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले बताउनुभयो ।

आयोजनाले ५०० मिटर ढलानपछि ९०० मिटर कालोपत्र गरिएको जनाएको छ । ढलान र कालोपत्रेको जडान राम्रोसँग सुक्न नपाउँदै पानी पसेर चर्किन जाँदा करीब एक मिटर कालोपत्र उप्किएको आयोजनाका प्रमुख सफल श्रेष्ठले जानकारी दिनुभयो । सुलभ इन्फा काठमाडौँले ठेक्काको उक्त कार्यको जिम्मा पाएको थियो ।

कालोपत्र उप्किएको जनगुनासा आएपछि तत्कालै प्राविधिक टोली पठाएर अनुगमन गरिएको छ । उहाँले भन्नुभयो, ‘’योजनाको कार्य सम्पन्न भैनसकेकाले ठेकेदारलाई पुनः कालोपत्रको लागि आग्रह गरिएको छ ।’‘

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker