विभिन्न माग राख्दै मानवअधिकार एलान्यसद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षा पत्र

भञ्ज्याङ न्यूज

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मन्च (एलान्यस नेपालले) प्रधानमन्त्रीलाई ध्यानाकर्षा पत्र बुझाएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी मार्फ बुझाईएको सो पत्रमा वर्तमान संयुक्त सरकारबाट भएका केही निर्णयहरुले मुलुकको मानव अधिकारको अवस्थामा गम्भिर प्रभाव पार्ने देखिएको जनाईएको छ ।

ज्ञापनपत्रमा मन्त्री परिषदको बैठकको गत साउन १९ गतेको भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णयले नेपालको संविधानको धारा ३७ अन्तर्गतको आवासको हक, धारा ४० को दलितको हक र धारा ४२ को सामाजिक न्यायको हकको सुनिश्चितता हुने विषयहरुलाई अन्यौलता तर्फलगेको र सो निर्णय मानवअधिकार र सामाजिक न्यायविरुद्धको कार्य भएको हुँदा यो निर्णय फिर्ता लिई भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका आधारभूत मानवअधिकारको सम्मान गर्न माग गरिएको छ ।

यस्तै दार्चुला जिल्लाका जयसिंह धामी गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा ‘भारतीय सुरक्षाकर्मीहरु बाट तुइनकाटी’ महाकाली नदीमा खसी वेपत्ता भएको घटनाको उचित छानवीन गरी दोषीलाई कारवाही गराउन र सीमा क्षेत्रका बासिन्दाहरुको सुरक्षा ग्यारेण्टी गर्न माग गरिएको छ । मुलुकमा कोरोना महामारीको प्रकोप दिनानुदिन बढिरहेको पर्रि्रेक्षमा स्थानीय स्तरमा नै पीसिआर परीक्षण गर्ने, संक्रमितहरुको उपचार भरपर्दो उपचार गर्ने, महामारी फैलिन नदिन प्रभावकारी कार्यहरु गर्न र यथासक्य चाँडो सम्पूर्ण नागरिकहरुलाई खोपको सुनिश्चितता गराउन ज्ञापनपत्रमा माग गरिएको छ ।

मानवअधिकार एलान्यस तनहुँका अध्यक्ष प्रकाशचन्द्र भट्टराइले बुझाएको सो ज्ञापनत्रमा संयुक्त सरकारबाट गत साउन २४ गते जारी भएको साझा न्यूनतम् कार्यक्रमले मुलुकमा दीर्घकालीन रुपमा प्रभावपार्ने विषयहरु समेत समेटेको हुँदा उक्त विषयहरुको राष्ट्रिय सहमति बिना कार्यान्वयन भएको अवस्था र उठाइएका विषयहरुको उचित संवोधन गर्न नसकेको अवस्थामा मुलुक तथा आमनागरिकमा पर्न सक्ने सम्भावित असरहरु प्रति सचेत रहन अनुरोध गरिएको छ ।

त्यस्तै स्थानीयतहहरुको संविधान प्रदत्त स्वायत्त अधिकारहरुको प्रभावकारी कार्यान्वयन गराइ यी तह हरुको क्षमता प्रवर्द्धनकालागि आवश्यक कार्य गरि स्थानीयतह सम्म मानवअधिकार, सामाजिक न्याय र सुशासनको अनुभूति गराउने कार्य गर्न तथा संक्रमणकालीन न्याय प्रक्रियालाई चाँडो व्यवस्थापन गर्न तथा दण्डहीनताको अन्त्यका लागि प्रभावकारी कदम चाल्न ज्ञापनत्रमा माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सागर आचार्यले उक्त ज्ञापनपत्र सम्बन्धित निकायमा जानकारी गराउने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker